काठमाडौं । नेपाली बजारमा मोटरहेडको अपग्रेडेड एमएच १५० बाइक भित्रिएको छ । नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले सो बाइक नेपाली बजारमा उपलब्ध भएको जानकारी दिएको छ ।
बाइकमा नयाँ सीजी १५० सीसीको इन्जिन छ । त्यसैगरी ब्यालेन्स साफ्ट, इन्भर्टेड सक, डबल डिस्क ब्रेक, नयाँ डिजाइनको मफलर, टफ च्यासिस र सिंगल एक्सिस ब्यालेन्सर छ । बाइकमा नयाँ क्याची टाइपको ग्राफिक्स समेत रहेको छ ।
पहिले यो बाइकको मूल्य २ लाख ८० हजार रुपैयाँ रहेकोमा अब अपग्रेड पश्चात यसको मूल्य २ लाख ९५ हजार रुपैयाँ तोकिएको छ ।
त्यसैगरी यसअघि स्टक सकिएका कारण विक्री बन्द भइको युवा पुस्ताको रोजाईमा रहेको मोटरहेडको स्क्र्याम्ब्लर २५० बाइक पनि उपलब्ध भएको छ ।
नेपाली बजारमा मोटरहेडका विभिन्न ७ मोडलका बाइक उपलब्ध छन् । ती मध्ये टेक्कन २५० को मूल्य ३ लाख ९५ हजार, एमएच २०० एक्सको मूल्य ३ लाख ७५ हजार र स्क्र्याम्बलर २५० को मूल्य ४ लाख ५५ हजार रुपैयाँ छ । त्यसैगरी एक्स टर्कको मूल्य ३ लाख ८० हजार रुपैयाँ छ । अन्य मोडलमा मोटरहेड स्पोर्ट्स अफरोड टयर र स्पोर्ट्स रोड टायरको मुल्य क्रमशः३ लाख ६८ हजार ३ लाख ७० हजार पर्छ ।
काठमाडौं उपत्यकाको धोवीघाट, टेकु, चाबहिल, बालाजु र सल्लाघारी तथा इटहरी, चितवन, बुटवल, पोखरा, सुर्खेत र बाग्लुङमा रहेको थ्रीएस सेन्टरमार्फत यी बाइक प्राप्त गर्न सकिने छ ।

