डाट्सन रेडी गो किन्नेलाई २ लाख ४ हजारसम्म छुट

काठमाडौं । चाडपर्व केन्द्रित अफर ल्याउने डाट्सन पहिलो कार ब्राण्ड भएको छ । डाट्सनको आधिकारीक विक्रेता पायोनियर मोटोकर्पले आउँदै गरेको चाडपर्वलाई ध्यानमा राखेर ‘ड्याटसन फेस्टिभ हट डील’ योजना ल्याएको हो ।

डाट्सनले अहिले नेपाली बजारमा दुई मोडलका तीन भेरियन्टको विक्री वितरण गर्दै आएको छ । कम्पनीले रेडी गोलाई म्यानुयल र एएमटी दुई भेरियन्ट तथा डाट्सन गो मोडल विक्री गर्दै आएको हो ।

पायोनियर मोटोकर्पले विक्री गर्ने रेडी गो सबैभन्दा कम मूल्यको ह्याचव्याक कार हो । यसको मूल्य २४ लाख ४९ हजार रुपैयाँ रहेको छ । रेडी गोको एएमटी मोडलको मूल्य २५ लाख ९९ हजार र गो मोडलको मूल्य २८ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

कम्पनीले ल्याएको स्कीममा डाट्सनका कुनैपनि गाडी किन्ने ग्राहकले १ लाख २५ हजार रुपैयाँसम्म नगद छुट पाउने छन् भने रेडमी नोट १० एस मोवाइल पनि उपहार स्वरुप पाउने छन् ।

साथै, कम्पनीले ग्राहकलाई एक वर्षको बीमा शुल्क, वार्षिक कर र ३ वर्षको वारेन्टी प्रदान गर्ने जनाएको छ । समग्रमा चाडपर्वमा गाडी किन्ने ग्राहकले २ लाख ४ हजार रुपैयाँ बराबरको छुट पाउने कम्पनीले जनाएको छ ।


Back_to_top