काठमाडौं । जीपको आधिकारीक विक्रेता एमएडब्लू लाइफ अटोमोवाइलले लिजेन्ड्री स्कीम चलाइरहेको छ । कम्पनीले जीप कम्पासको फेसलिफ्ट मोडल नेपाल ल्याएसँगै यो स्कीम संचालन गरिरहेको हो ।
यो स्कीममा जीप कम्पास किन्ने ग्राहकले थोरै रकम डाउन पेमेन्ट र कम व्याजदरमा कर्जा सुविधा पाउने छन् । जीपले कम्पास किन्ने ग्राहकलाई सुरुमा २० प्रतिशत डाउन पेमेन्टमा नै गाडी दिइरहेको छ ।
यस योजनामा गाडी किन्ने ग्राहकले कम्तीमा १६ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्ट वापत बुझाउनु पर्ने हुन्छ भने बाँकी रकम कर्जा सुविधा पाउने छन् । यसरी लिने कर्जामा ६.९९ प्रतिशत व्याज लाग्ने छ ।
जीप कम्पासको मूल्य ८४ लाख ९० हजारदेखि १ करोड ३६ लाख ९० हजार रुपैयाँसम्म निर्धारण गरेर विक्री गर्दै आएको छ । कम्पास विभिन्न ९ भेरियन्ट र दुई इन्जिन अप्सनमा उपलब्ध रहेको छ ।
अमेरिकी एसयूभी निर्माता क्राइसलर मोटरको उत्पादन जीप कम्पास भारतमा उत्पादन भएको एसयूभी हो ।


