महंगो भयो हावलका एसयूभी, यस्तो छ नयाँ मूल्यसूची

काठमाडौं । हावल ब्राण्डका एसयूभीको मूल्य ७ लाख ५० हजार रुपैयाँसम्मले बढेको छ । डेढ महिनाअघि नेपाली बजारमा आधिकारीक विक्री सुरु भएको हाभलका जोलाइन र हाभल एच सिक्स एसयूभीको मूल्य बढेको हो ।

ग्रेटवालको आधिकारीक वितरक भिजी इम्पेक्सले नेपालमा विक्री सुरु गर्दा ‘इन्टडक्टरी प्राइस’ भन्दै हाभल एच सिक्सको मूल्य ९६ लाख ९९ हजार ९९९ रुपैयाँ निर्धारण गरेको थियो । अहिले यो मोडलको मूल्य बढाएर १ करोड ३ लाख ९९ हजार ९९९ रुपैयाँ बनाएको छ ।

त्यसैगरी कम्पनीले जोलाइन कम्प्याक्ट एसयूभीको मूल्यमा ७ लाख ५० हजारसम्मले वृद्धि गरेको छ । कम्पनीले जोलाइनको इन्ट्री भेरियन्ट म्यानुयल लोमा २ लाख ५० हजार र एमटी हाई भेरियन्टमा ७ लाख ५० हजार रुपैयाँले मूल्य बढाएको हो । मूल्य बढेसँगै जोलायन एमटी लो भेरियन्टको मूल्य ५७ लाख ९९ हजार ९९९ रुपैयाँ र एमटी हाइको मूल्य ६८ लाख ९९ हजार ९९९ रुपैयाँ भएको छ ।

कम्पनीले ग्रेटवाल मोटर्सले उत्पादन गरेको पोयर पाइलट पिकअपमा समेत ४ लाख रुपैयाँले मूल्य बढाएको छ । बढेको मूल्य अनुसार पोयर पाइलटको मूल्य ७० लाख ९९ हजार ९९९ रुपैयाँ पुगेको हो ।

जोलाइनको नयाँ दुई भेरियन्ट थपियो

भिजी इम्पेक्सले जोलाइन एसयूभीको दुई भेरियन्ट थप गरेको छ । थपिएको दुबै भेरियन्ट अटोमेटीक गियरबक्समा उपलब्ध रहेको छ । कम्पनीले ल्याएको अटोमेटीक हाइ भेरियन्टको मूल्य ७३ लाख ४९ हजार ९९९ रुपैयाँ र अटोमेटीक टप भेरियन्टको मूल्य ७६ लाख ९९ हजार ९९९ रुपैयाँ तोकेको छ ।


Back_to_top