काठमाडौं । भारतीय मोटरसाइकल निर्माता कम्पनी टीभीएसले बजारमा ल्याएको राइडर निकै चर्चामा रहन सफल भएको मोटरसाइकल हो । टीभीएसले १२५ सीसी सेग्मेन्टमा ल्याएको राइडरमा निकै प्रिमियम फिचरहरु ग्राहकले पाउने छन् ।
टीभीएसको आधिकारीक वितरक जगदम्बा मोटर्सले केही दिन भित्रै बजारमा ल्याउन लागेको राइडर १२५ मा ग्राहकले चासो व्यक्त गर्न थालिसकेका छन् । यस्तोमा कम्पनीले ल्याउन लागेको मोटरसाइकलमा रहेका मुख्य फिचरको विषय यहाँ उल्लेख गरिएको छ ।
१. गियर इन्डिकेटर
टीभीएसले राइडर १२५ मा गियर इन्डिकेटर दिएको छ । प्रिमियम मोटरसाइकलमा हुने फिचर गियर इन्डिकेटर प्रयोग भएको राइडर लाइफ स्टाइल प्रोडक्टको रुपमा लिन सकिन्छ । कम्पनीले यसमा ५ स्पीड क्षमताको गियरबक्स दिएको छ ।
२. किक स्टार्ट
राइडर १२५ मोटरसाइकलमा इलेक्ट्रीक स्टार्ट अप्सन मात्र दिइएको छ । कम्पनीले यो मोटरसाइकलमा किक स्टार्ट अप्सन दिएको छैन । यसले मोटरसाइकलको कुल तौल कम गर्न सहयोग गरेको छ ।
३. राइडिङ मोड
टीभीएस राइडरमा दुई राइडिङ मोड दिइएको छ । यो मोटरसाइकलमा पावर र इको मोड उपलब्ध छ । चालकले आफ्नो आवश्यकता अनुसारको मोड छनोट गरेर चलाउन सक्ने छन् ।
४. इन्जिन किल स्वीच
टीभीएसले यो मोटरसाइकलमा इन्जिन किल स्वीच दिएको छैन । यसमा कम्पनीले नयाँ टेक्नोलोजिको प्रयोग गरेको छ । कम्पनीले राइडर १२५ मा ‘इन्टेली गो टेक्नोलोजी’को प्रयोग गरेको छ । यसको सहायताले इन्जिन अटोमेटीकरुपमा अन र अफ गर्न सकिन्छ । ट्राफिक लाइट तथा कुनै पनि स्थानमा मोटरसाइकल रोकेर बस्दा यो मोटरसाइकल आफैं बन्द हुन्छ भने थ्रोटल लिएपछि सामान्य रुपमा नै स्टार्ट गर्न सकिन्छ ।
५. मोनोशक सस्पेन्सन
सामान्यतया १२५ सीसी सेग्मेन्टका मोटरसाइकलमा डबल सस्पेन्सन पाइन्छ । तर टीभीएसले राइडर १२५को रियरमा ५ स्टेप एडष्टेवल मोनोशक सस्पेन्सन दिएको छ ।
६. बुट स्पेस
टीभीएस १२५ मा कम्पनीले टू स्टेप स्प्लीट सिट दिइएको छ । यसको पिलियन सिटको मुनी सानो आकारको बुट स्पेस दिएको छ । यसमा मोवाइल तथा ब्लु बुक लाइसेन्स पर्स जस्ता साना बस्तुहरु राख्न सकिन्छ ।
७. मूल्य
जगदम्बा मोटर्सले यसलाई २ लाख ५० हजार हाराहारी मूल्य राखेर विक्री गर्ने अनुमान गर्न सकिन्छ ।

