काठमाडौं । टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले एनटर्क प्रिमियम स्कुटरको ग्राहक ५० हजार पुरा भएको खुसीयाली साट्न ‘सेलिब्रेसन राइड’को आयोजना गरेको थियो । असोज १६ गते शनिवार भएको उक्त राइड टीभीएसको नक्साल शोरुमदेखि धुलिखेलको मिराबेल रिसर्टसम्म भएको थियो ।
राइडको बीचमा महालक्ष्मी स्थान, कौशलटार र भक्तपुरका टीभीएस शोरुममा विक्रेताहरुले राइडरहरुलाई स्वागत कार्यक्रम राखेका थिए । धुलिखेलमा कालकार रोजिलिन श्रेष्ठसँगको लाइभ म्युजिक, मनोरन्जनात्मक खेलहरु र सहभागीहरु सँग अन्तरक्र्रिया कार्यक्रम भएको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
यो सेलिब्रेसनको मुख्य उद्देश्य भनेको सबै दर्ता गरिएका मध्य चुनिएका एनटर्किएनहरुलाई एकै ठाउँमा ल्याउने र एक एनटर्किएन क्लबको गठन गर्नु रहेको कम्पनीले जनाएको छ । यसले सबै राइडरहरुलाई एकअर्का सँग जुड्न र अनुभव आदान प्रदान गर्न सहयोग पुग्ने जनाइएको छ । उक्त राइड सबै सुरक्षा प्रोटोकल पुरा गरेर आयोजना गरिएको थियो ।
राइड कार्यक्रम बारे जगदम्बा मोटर्सपका उपाध्यक्ष दीपक अग्रवालले भने, ‘टीभीएस परिवारमा ५० हजार सदस्य पुग्नु आफैँमा एउटा ठूलो उपलब्धी हो । ग्राहकले हामी माथि गर्नु भएको विश्वास र राइडमा सहभागि भएका यति धेरै उत्साहित युवाहरुको कारण नै एनटर्क सफल भएको हो । भोलिका दिनमा पनि हामी हाम्रा ग्राहकहरुको लागि उच्च स्तरको सेवा प्रदान गर्नमा दृढछौं ।’
सन् २०१८ मा टीभीएस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटरको रुपमा विक्री सुरु भएको थियो । सुरुवातदेखि नै एनटर्क आºनो स्थान अगाडि राख्न सफल हुँदै आएको छ । हेर्दा आकर्षक डिजाइन र नयाँ टेक्नोलोजीले गर्दा एनटर्क छोटो समयमा नै सबैभन्दा बढी विक्री हुने स्कुटर बन्न पुगेको हो ।

