होन्डाले १० नयाँ इलेक्ट्रीक कार ल्याउने

बाठमाडौं । जापानी अटोमोवाइल कम्पनी होन्डाले आगामी ५ वर्ष भित्र १० नयाँ मोडल बजारमा ल्याउने घोषणा गरेको छ । कम्पनीले चीनमा दुई कन्सेप्ट कार सार्वजनिक गर्दै ५ वर्षको योजना घोषणा गरेको हो ।

होन्डाले इलेक्ट्रीक कार उत्पादनलाई तिब्रता दिन इःएन सिरिज निर्माण गर्न लागेको हो । कम्पनीले घोषणा गरेको १० नयाँ मोडलमा ‘इःएनएस १ र इःएनपी १’ पहिलो दुई एसयूभी हुने छन् ।

कम्पनीले सार्वजनिक गरेको दुबै मोडल ‘न्यू एचआरभी’मा आधारित रहेर उत्पादन गर्ने जनाइएको छ । होन्डाको इ प्लेटफर्ममा उत्पादन हुने यी दुई इलेक्ट्रीक कार स्पोर्टी र अतुलनिय ड्राइभिङ एक्सपेरियन्स पाउन सक्ने हुने कम्पनीले दावी गरेको छ ।

होन्डाले इलेक्ट्रीक एसयूभी, कुपे र जिटी सिरिजमा उत्पादन गर्नेछ । यसका बाबजुद कम्पनीले नयाँ कारमा रहने व्याट्री, मोटर, पावर लगायतका विषयमा कुनै जानकारी दिएको छैन । होन्डाले इलेक्ट्रीक कार मुख्तया चीनमा उत्पादन गर्नेछ ।


Back_to_top