काठमाडौं । टाटा मोटर्सले बजारमा ल्याउने तयारी गरेको पन्चले ग्लोबल एनक्याप क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाएको छ । भारतीय कार निर्माता मध्ये सबैभन्दा सुरक्षित कार उत्पादनमा टाटा अब्बल कम्पनी सावित भएको छ ।
टाटाले उत्पादन गरेको नेक्सन र अल्ट्रोजले यसअघि नै ५ स्टार रेटिङ पाएका थिए । साना कारमा पन्च ५ स्टार रेटिङ पाउने टाटाको तेस्रो कार हो । माइक्रो एसयूभी सेग्मेन्टमा बजारमा आउन तयार भएको पन्चको मूल्य २ दिनपछि भारतमा सार्वजनिक हुँदैछ ।
कम्पनीको पछिल्लो उत्पादनले पनि ५ स्टार रेटिङ पाएसँगै टाटा मोटर्स प्यासेन्जर भेहिकल विजनेशका प्रेसिडेन्ट शैलेस चन्द्राले भने, ‘हामी हाम्रा ग्राहकलाई कम बजेटमा सुरक्षित कार दिने प्रयत्नमा सफल भएका छौं । पन्चको डिजाइन, भेरियन्ट, पर्फमेन्स, स्पेशियस क्यावीन र पूर्ण सुरक्षित कार दिने हाम्रो प्रयास पुरा भएको छ ।’

टाटाले पन्चलाई विभिन्न ७ कलर अप्सनमा बजारमा उपलब्ध गराउने भएको छ । जसमा ह्वाइट, ओरेन्ज, ग्रे, ब्रन्ज, रेड, मिस्ट र व्ल्यू कलर अप्सनमा उपलब्ध गराउने छ । टाटाले पन्चमा दिएको इन्जिन पनि निकै पावरफुल रहेको छ । यसमा १.२ लिटर थ्रि सिलिण्डर पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ८६ बीएच पावर र ११३ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड म्यानुयल र एएमटी गियरबक्स उपलब्ध हुनेछ ।

टाटा पन्चको डोर ह्याण्डल पिलरमा दिइएको छ । निकै बाक्लो बडी क्लाडिङ, स्क्वायर अफ ह्वील आर्क, एलइडी टेलल्याम्प, हर्मनको ७ इन्च इन्फोटेन्टमेन्ट सिस्टम, ९० डिग्रीमा खुल्ने ढोका, १६ इन्चको डायमन्ड कट अलोय ह्वील, अटोमेटीक क्लाइमेट कन्ट्रोल, रेन सेन्सिङ वाइपर, रिभर्स क्यामेरा र सेन्सर, पुस बटम स्टार्ट/स्टप बटम, दुई एयरव्याग, एबीएस, इबीडी, ब्रेक एसवे कन्ट्रोल, इएससी, कुल्ड ग्लोबबक्स, क्रुज कन्ट्रोल, अटो फोल्डिङ ओआरभीएम, लेदर र्याप स्टेरिङ ह्वील जस्ता फिचर पाउन सकिन्छ ।
टाटाको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले यसलाई तिहारपछि नेपाल ल्याउने अनुमान गरिएको छ ।

