मासिक २७ हजार किस्तामै अटोमेटीक एसयूभी

काठमाडौं । नेपालमा अटोमेटीक कारको विक्री बढेसँगै धेरै कम्पनीले गाडी ल्याउन थालेका छन् । अहिले बजारमा उपलब्ध सबैभन्दा कम मूल्यको एसयूभी किन्ने ग्राहकले मासिक २७ हजार किस्तामा नयाँ एसयूभी किन्न सक्ने छन् ।

रेनोको आधिकारीक विक्रेता एड्भान्स अटोमोवाइलले नेपालमा विक्री गर्दै आएको सब फोर मिटर एसयूभी काइगरको इन्ट्री भेरियन्ट आरएक्सएल एएमटीको मूल्य ३३ लाख ९९ हजार रुपैयाँ रहेको छ । कम्पनीले यसमा करिब १ लाख रुपैयाँ छुट पनि उपलब्ध गराउँदै आएको छ । छुटपछि ग्राहकले मासिक २७ हजार ३९० रुपैयाँ किस्ता तिर्नेगरी गाडी खरिद गर्न सक्ने छन् ।

यसरी गाडी किन्ने ग्राहकले डाउन पेमेन्ट वापतको ५० प्रतिशत रकम पहिल्यै तिर्नु पर्ने हुन्छ भने, पछिल्लो समय व्याजदर पनि बढेकाले औषतमा १० प्रतिशत तिर्नु पर्छ ।

ग्राहकले लिएको करिब १६ लाख ४९ हजार ५०० रुपैयाँ कर्जा ७ वर्ष भित्र तिर्न सक्ने छन् ।

यस्तो छ काइगर

सानो इन्जिन भएको काइगर उत्कृष्ट माइलेज दिने कार हो । यसमा ९९९ सीसी क्षमताको इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ७१ पीएस पावर प्रदान गर्छ । एआरएआईले प्रमाणित गरे अनुसार यसले प्रतिलिटर १९ किलोमिटर माइलेज प्रदान गर्छ ।

उत्कृष्ट डिजाइनमा बनेको काइगरमा सुरक्षाको लागि दुई एयरव्याग, एबीएस, इबीडी, सेन्ट्रल लकिङ, पावर विन्डो, पावर डोर लक, चाइल्ड सेफ्टी लक, अगाडि डिस्क र पछाडि ड्रम ब्रेक दिइएको छ ।

काइगरको लम्बाई ३९९१ एमएम, चौडाई १७५० एमएम र उचाई १६०५ एमएम रहेको छ । यसमा २५०० एमएमको ह्वीलवेस दिइएको छ । २०५ एमएमको ग्राउन्ड क्लियरेन्स, ४० लिटर क्षमताको इन्धन ट्याङ्की, ४०५ लिटरको बुट स्पेश पाउन सकिन्छ ।


Back_to_top