यी हुन् सबैभन्दा सस्तो फोर ह्वील ड्राइभ एसयूभी (मूल्यसहित)

काठमाडौं । गाडीमा फोर ह्वील ड्राइभ भएको खण्डमा बाहिर यात्रा गर्दा पस्ने सम्भावना न्यून हुन्छ । अन्यथा ग्राभेल वा कच्ची बाटोमा जहाँ कहिँ फस्ने सम्भावना धेरै हुन्छ । त्यसैले धेरै यात्रा गर्ने मानिसले फोर ह्वील ड्राइभ गाडी खोज्ने गर्छन् ।

नेपालमा फोर ह्वील ड्राइभ गाडी किन्न चाहने मानिसले एक करोडभन्दा माथि रकम खर्च गर्नु पर्ने अवस्था छ । सामान्यतया एक करोडभन्दा कम मूल्यमा यो फिचर उपलब्ध कार पाउनै मुस्किल रहेको छ ।

कुनै समय महिन्द्रा थार र बोलेरोमा फोर ह्वील ड्राइभ सिस्टम भएपनि अहिले यी दुबै गाडी नेपालमा उपलब्ध छैन । यस्तोमा सबैभन्दा कम मूल्यमा पाइने फोर ह्वील ड्राइभ गाडीको संख्या एकदमै कम रहेको छ । त्यसको लागि ग्राहकले ६० लाखभन्दा बढी रकम खर्च गर्नु पर्ने हुन्छ ।

नेपालमा पाइने सबैभन्दा कम मूल्यको फोर ह्वील ड्राइभ सिस्टम भएको गाडी महिन्द्रा स्कर्पियो हो । नेपालमा सर्बाधिक रुचाइने एसयूभी स्कर्पियो टु ह्वील र फोर ह्वील सिस्टममा उपलब्ध छ ।

अग्नी इन्कर्पोरेट प्रालिले विक्री गर्दै आएको स्कर्पियो फोर ह्वील ड्राइभको सुरुवाती मूल्य ५५ लाख ६५ हजार रुपैयाँ रहेको छ । यसमा २.० लिटर डिजेल इन्जिन उपलबध रहेको छ ।

अलोय ह्वील, प्रोजेक्शन हेडल्याम्प, रुफ रेल, युएसबी केबल, अटो एसी, ड्राइभर सिट असिस्ट लगायतका विविध विशेषता यसमा पाउन सकिन्छ । साथै स्कर्पियोको फोर ह्वील ड्राइभ टप स्पेकको मूल्य ७० लाख २५ हजार रुपैयाँ रहेको छ । यसमा भने २.२ लिटर क्षमताको डिजेल इन्जिन उपलब्ध रहेको छ ।

सुजुकीले जापानमा उत्पादन गरेको जिम्नी नेपालमा उपलब्ध अर्को सबैभन्दा कम मूल्यको फोर ह्वील ड्राइभ गाडी हो । सिजी मोटोकर्पले नेपालमा विक्री गर्ने जिम्नी फोर ह्वील ड्राइभको मूल्य ७९ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

सुजुकी जिम्नीमा वाइप-डाउन इन्टेरियर, हिल डिसेन्ट कन्ट्रोल, एन्टी–स्क्राच प्लास्टिक बम्पर, क्लाइमेट कन्ट्रोल नभ, आकर्षक तथा कम्फर्टेवल सिट, ह्वील आर्क-स्पार्टजस्ता फिचर पाउन सकिन्छ ।

चालकको सुरक्षालाई ध्यानमा राख्दै यसमा एयरब्याग, एबीएस, इबीडी, डिस्क ब्रेक, ब्रेक एसिस्ट जस्ता फिचर दिइएको छ । यसका साथै १५ इन्च अलोय ह्वील, एलइडी हेडलाइट, अटोमेटिक क्लाइमेट कन्ट्रोल, टचस्क्रिन इन्फोटेन्टमेन्ट सिस्टम, एन्ड्रोइड र एप्पल कार प्ले सपोर्ट लगायतका विशेषता पाउन सकिन्छ । जिम्नीमा १.५ लिटर फोर सिलिन्डर इन्जिन दिइएको छ ।


Back_to_top