महिन्द्रासँगको सहकार्यमा टेम्पो र कार बनाउँदै हिरो इलेक्ट्रीक

काठमाडौं । हिरो इलेक्ट्रीक र महिन्द्रा एण्ड महिन्द्रा ग्रुपबीच इलेक्ट्रीक दुई पाङ्ग्रे सवारी उत्पादन बढाउन सम्झौँता भएको छ । यी दुई कम्पनीले एक आपसमा प्लेटफर्म सेयर गर्नेगरी नयाँ सम्झौँता गरेका हुन् ।

सम्झौँता अनुसार महिन्द्रा र हिरो इलेक्ट्रीकले हिरोको एनवाइएक्स र अप्टिमाको उत्पादनमा जोड दिने उल्लेख छ । २०२२ देखि हिरोको वार्षिक उत्पादन क्षमता १ लाख यूनिट पुगेसँगै यी दुई कम्पनीले सहकार्य गरेका हुन् ।

उक्त सम्झौँता पश्चात हिरो इलेक्ट्रीकका एमडी नभिन मुञ्जालले भने, ‘हिरो इलेक्ट्रीक दुई पाङ्ग्रे सवारीसाधनमा पहिलो स्थानमा रहेको छ ।

यसलाई अझै मजवुद बनाउन हामी तीन पाङग्रे र चार पाङ्ग्रे सावारी उत्पादनमा काम गरिरहेका छौं, यो कामको लागि महिन्द्रासँगको सहाकार्य फलदायी हुनेछ । यो सम्झौँताको उद्देश्य इलेक्ट्रीक सवारी साधनको उत्पादन वृद्धि गर्ने र देशभरको बजारमा पुग्ने हो । त्यसको लागि महिन्द्राको नेटवर्क सहयोगी हुनेछ । दुबै ब्राण्डले आगामी दिनमा नयाँ उत्पादनका लागि समेत काम गर्नेछ ।’

फ्रान्सेली ब्राण्ड प्युजोले २०२० अटो एक्सपोमा प्युजो इ लुडिक्सको प्रर्दशन गरेको थियो भने हाल इ लुडिक्स युरोपियन मार्केटमा विक्री पनि भइरहेको छ । महिन्द्रा ग्रुपको उत्पादन रहेको प्युजो ब्राण्ड अन्तर्गत यो सम्झौताले हिरोको प्लेटफर्ममा नयाँ इलेक्ट्रीक स्कुटरहरुमा समेत काम गर्ने महिन्द्रा एण्ड महिन्द्राका अटो तथा फार्म सेक्टरका निर्देशक राजेश जेजुरिकरले बताएका छन् ।


Back_to_top