नेपाल आयो एक लाख ७३ हजारको इलेक्ट्रीक स्कुटर

काठमाडौं । लुयान इलेक्ट्रीकको नयाँ स्कुटर नेपाल आएको छ । आधिकारीक विक्रेता ‘जिरो इमिशन राइड एन’ले एक लाख ७३ हजार ७०० रुपैयाँ मूल्य निर्धारण गरेर ‘इन्नो-७’ मोडल नेपाल ल्याएको हो ।

कम्पनीले विक्री सुरु गरेको इन्नो-७ इलेक्ट्रीक स्कुटरमा ८०० वाट पीक पावर भएको आयल कुल्ड मोटर उपलब्ध छ । साथै, यसमा ४८ भोल्ट २४ एमम्पीयरको लिथिएम आयोन ब्याट्री पाउन सकिन्छ । यसमा प्रयोग भएको ब्याट्री झिकेर परिवर्तन गर्न सकिने किसिमको छ ।

यसलाई एकपटक फुल चार्ज गर्दा ८० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीले जनाएको छ । प्याडल एसिस्टको समेत सुविधा उपलब्ध यो स्कुटरलाई घरमा फुल चार्ज गर्न ५ देखि ६ घन्टा लाग्ने छ ।

सहरी क्षेत्रमा चढ्न उपयुक्त इन्नो ७ को टप स्पीड क्षमता २५ किलोमिटर प्रतिघन्टा रहेको छ । स्कुटरलाई आकर्षक बनायन नविन फिचरहरु दिइएको छ । एलइडी लाइट्स, एलइडी डीआरएल, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, एलसीडी डिस्प्ले, एन्टि थेफ्ट अर्लाम, एन्टि पंचर/रनफ्ल्याट टायर, चाइल्ड लक जस्ता एड्भान्स फिचर पाउन सकिन्छ ।

यसको डिजिटल कन्सोलमा स्पीड र चार्जको सहि डिस्प्लेका लागि एसओसी मोडुल जडान गरिएको छ । जसले स्कुटरको चार्ज र स्पीडलाई कन्सोलमा सहि प्रर्दशन गर्छ ।

यस स्कुटरमा अगाडि डिस्क र पछाडि ड्रम ब्रेक दिइएको छ । १५५ एमएमको ग्राउन्ड क्लियरेन्स उपलब्ध यो स्कुटर निकै सुन्दर देखिन्छ ।


Back_to_top