बलियो नेटवर्कले अब्बल बनेको टीभीएस, सर्टिफाइड सर्भिसको अबधारणा

काठमाडौं । पछिल्लो ५ वर्षमा टीभीएस मोटरसाइकल नेपाली बजारमा प्रमुख ब्राण्डको रुपमा स्थापित भएको छ । आधिकारिक वितरकको रुपमा जगदम्वा मोटर्सले विक्री गर्न सुरु गरेको टीभीएस अहिले सार्वाधिक धेरै विक्री हुने तीन कम्पनी मध्येमा पर्छ ।

टीभीएसले यो सफलता पाउन दक्ष जनशक्ति, धेरै मोडल, पार्टस्को उपलब्धता र सहजै पाइने सर्भिस जस्ता कारण मुख्य रहेका छन् । जगदम्बा मोटर्सले टीभीएस आफ्टर सेल्स सर्भिस सेवालाई एकदमै चुस्त दुरुस्त बनाएको छ ।

कम्पनीले विक्रीलाई मात्र नभई, विक्रीपछिको सेवालाई जहिलेपनि पहिलो प्राथमिकतामा राखेर काम गरेको बताउँदै कम्पनीका भाइस प्रेसिडेन्ट दिपक रौनियार भन्छन्, ‘नेपालभर १४८ वटा थ्रीएस नेटवर्क बनाएका छौं । सेल्स, सर्भिस र पार्टस्को सहज सुविधा ग्राहकले पाउने छन् । हामीले देशका विभिन्न भागमा रहेका वर्कशपहरुमा कार्यरत कर्मचारीलाई तालिम र आवश्यक उपकरण दिएर १७५ वटा सर्टिफाइड सर्भिस पोइन्टहरुको विकास गरेका छौ ।’

कम्पनीले सर्टिफाइड सर्भिस सेन्टरका रुपमा विकास गरेको सबै केन्द्रहरुमा टीभीएसको आधिकारिक सर्भिस तथा पार्टसहरु उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

कम्पनीले हाल जुम्लालगायत विभिन्न बिकट स्थानमा समेत आफ्नो सेवा विस्तार गरेको छ । आवश्यकता अनुसार कम्पनीले देशको जुनसुकै स्थानमा पनि आफ्नो सेवा विस्तार गर्ने कम्पनीले जनाएको छ । टीभीएसका मोटरसाइकल पुग्ने हरेक स्थानमा कम्पनीले विश्वशनिय सेवा उपलब्ध गराउने कम्पनी लक्ष्य राखेको छ ।

 


Back_to_top