देशभर ४० स्थानमा हुन्डाईको चार्जिङ स्टेशन (ठाँउसहित)

काठमाडौं । नेपालका लागि हुन्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले इलेक्ट्रिक भेहिकलको चार्जिङ स्टेशन व्यापक विस्तार गरेको छ । कम्पनीले नेपालको सबै स्थानलाई समेट्नेगरी अहिलेसम्म देशका विभिन्न ४० स्थानमा चार्जिङ स्टेशन स्थापना गरेको विज्ञप्तीमा उललेख गरेको छ ।

कम्पनीले विक्री गर्ने विद्युतीय कारको बढ्दो मागसँगै लक्ष्मी इन्टरकन्टिनेन्टलले इलेक्ट्रीक सवारीसाधनको लागि आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिता दिएर काम गरिरहेको छ ।

हुन्डाईको इलेक्ट्रीक गाडी चढ्ने ग्राहकहरुलाई उत्कृष्ट अनुभव प्रदान गर्न र लामो दुरीको यात्रा पनि इलेक्ट्रीकमा गर्न सक्ने बनाउन देशका विभिन्न स्थानमा चार्जिङ स्टेशनहरु स्थापना गर्दै आएको हो । हुन्डाईले स्थापना गरेका यी नयाँ चार्जिङ स्टेशनले चालकहरुलाई ढुक्क भएर यात्रा गर्न सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ ।

हुन्डाईका चार्जिङ स्टेशनहरु मोवाइल फोन चार्ज गरे जतिकै सजिलोसँग गाडी चार्ज गर्न सकिन्छ । हुन्डाईले पहिलो चरणको ४० चार्जिङ स्टेशन निर्माण सकेकोले निकट भविष्यमै अरु नयाँ स्थानमा पनि चार्जिङ स्टेशन विस्तार गर्ने लक्ष्य लिएको छ ।

यी हुन् चार्जिङ स्टेशन भएका स्थान

कम्पनीले उपत्यका भित्र मात्रै ९ स्थानमा चार्जर जडान गरेको छ । यी सबै चार्जर ७ किलोवाट क्षमताका हुन् । उपत्यकाको थापाथली स्थित इभी शोरुम र हुन्डाई सेल्स थापाथली, तिनकुनेमा रहेको सर्भिस सेन्टर, कुपण्डोल सर्भिस सेन्टर, धापासी सर्भिस सेन्टर, भक्तपुर सर्भिस सेन्टरमा चार्जर राखेको छ । साथै, पुल्चोकमा रहेको लाविम मल, न्यू शिब सर्भिस सिनामंगल र हुन्डाई सेल्स नक्सालमा उपलब्ध रहेको छ ।

कम्पनीले उपत्यका बाहिर सबैभन्दा धेरै स्थानमा चार्जिङ स्पट पोखरामा बनाएको छ । पोखरामा रहेको बाराही सर्भिस सेन्टर, विन्ध्या सर्भिस सेन्टर, पोखरा ग्राण्ड होटल, वाटर फ्रन्ट होटल र होटल बाराहीमा हुन्डाईले चार्जिङ स्टेशन लगाएको छ ।

त्यसैगरी हुन्डाईले रोयल अटो वर्ल्ड बिराटनगर, एलायन्स मोटर्स विर्तामोड, पाथिभरा अटो लिंक इटहरी, होटल नेपालीरिका बिराटचोक, होटल किङ्गस्बुरी विर्तामोड, अर्किड मोटोकर्प विरगंज, होटल विश्व विरगंज, होटल डेभोटेड धनगढी, होटल पौवा भालुवाङ, पिनाकल सर्भिस भरतपुर, सिद्धार्थ रिसोर्ट चिसापानी, दिनेश फोर ह्वील धनगढी, सिद्धार्थ होटल धनगढी, हिम इन्टरकन्टिनेन्टल नेपालगन्ज, न्यू राइडर अटो वर्ल्ड दाङमा पनि चार्जिङ सुविधा उपलब्ध गराएको छ ।

साथै, सिद्धार्थ विनायक सर्भिस बुटवल, होटल डेफेलमिङगो बुटवल, जगत मोटर भैरहवा, बोदी रेड सन भैरहवा, रोयल सेन्चुरी होटल भरतपुर, केसीज् रेष्टुरेन्ट एण्ड होम सौराहा, अग्क्षित रेष्ट्रो मुलकोट, हेटौडा ह्वीलस् हेटौडा, एभकाडो एण्ड अर्किड रेष्टुरेन्ट हेटौडामा चार्जिङ नेटवर्क विस्तार गरेको छ ।


Back_to_top