एजेन्सी । भारतीय अर्बपति मुकेश अम्बानी बेलायती ब्राण्ड रोल्स रोयसको लग्जरी एसयूभी खरिद गरेसँगै उनको गाडी अहिले चर्चामा रहेको छ । अम्बानीले खरिद गरेको रोल्स रोयस कुलिनान्को मूल्य १३ करोड १४ लाख भारतीय रुपैयाँ अर्थात् २१ करोड नेपाली रुपैयाँ रहेको छ ।
रोल्स रोयल्सको फोर बाई फोर क्यापाविलीटी रहेको यो ‘अल्ट्रा लग्जरीयस एसयूभी’ को रजिस्ट्रेशन साउथ मूम्बईको ट्रान्सपोर्ट अफिसमा भएको छ । अम्बानीले भारतमा १५ वर्षको सडक दस्तुर बापत २० लाख भारु र भीआईपी नम्बरका लागि थप १२ लाख तिरेर गाडी लिएका हुन् । उनको कारको नम्बर अन्त्यमा ०००१ हुनेछ ।
सुनौलो देखिने यो एसयूभीमा ६.७५ लिटरको टुइन टर्बो १२ सिलिण्डर, पेट्रोल इन्जिन दिइएको छ । यसले अधिकतम ५६४ बे्रकहर्स पावर र ८५० एनएम टर्क उत्सर्जन गर्छ । यो एसयूभीको तौल २ हजार ५ सय केजी रहेको छ ।
सफ्ट टच मेटेरियल, कार्बन फाइबर, सुपरसफ्ट लेदर प्रयोगगरी हातको प्रयोगबाट बनाइएको कारको इन्टेरियर सुपर लग्जरी रहेको छ । एसयूभीमा २२ इन्चको अलोय ह्वील र फोर ह्वील फङ्सनले जस्तो सुकै बाटामा पनि उत्कृष्ट प्रफर्मेन्स दिन्छ । सुरक्षाका लागि बुलेटप्रुफ कारमा थुप्रै फिचर कष्टुमाइज गरिएको छ ।
यो कारसँगै मुकेश अम्बानीको ग्यारेजमा रोल्स रोयल्सको फ्यान्तम ८, बेन्ट्ले कन्टीनेन्टल, बेन्ट्ले बेनटाइगा, मर्सिडिज बेन्ज मेव्याक ६६०, मर्सिडिज मेव्याक ६२, बीएमडब्लु ७६० एलआई, एस्टन मार्टिन रापीडे जस्ता लग्जरी गाडी रहेका छन् ।


