अझै पाइन्छ ३ लाखभन्दा कममा २०० सीसीकाे मोटरसाइकल

काठमाडौं । पछिल्लो समय भारतीय तथा नेपाली बजारमा मोटरसाइकलको मूल्य आकाशियको छ । अहिले अधिकांश १५०/१६० सीसीका मोटरसाइकलको मूल्य ३ लाखदेखी ३ लाख ५० हजारसम्म पुगिसकेको छ ।

यस्तोमा २०० सीसीका मोटरसाइलको मूल्य ४लाखभन्दा कम मूल्यमा पाउनै मुस्किल हुने अवस्था आएको छ । तर नेपाली बजारमा हिरोले विगत २ वर्षदेखी विक्री गर्दै आएको २०० सीसी मोटरसाइकलको मूल्य अझै ३ लाखभन्दा कम रहेको छ ।

हिरोको आधिकारीक विक्रेता नेपाल जनरल मार्केटिङले आफ्नो २०० सीसी क्षमताको एक्सट्रीम २०० आरको मूल्य २ लाख ९५ हजार ५०० रुपैयाँ कायम गरेर विक्री वितरण गर्दै आएको छ ।

हिरो एक्सट्रीम २०० आरमा १९९.६ सीसी क्षमताको फोर स्टोक, २ भल्भ, सिंगल सिलिण्डर इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ८००० आरपीएममा १८.४ पीएस पावर र ६५०० आरपीएममा १७.१ एनएम पिक टर्क प्रदान गर्छ । यसमा ५ स्पीड गियरबक्स र मल्टी प्लेट वेट क्लच दिइएको छ ।

यो मोटरसाइलको पावर २०० सीसी सेग्मेन्टका अन्य मोटरसाइलको भन्दा केही मात्र कम हो ।

यो मोटरसाइकलको दुबै चक्कामा डिस्क ब्रेक उपलब्ध रहेको छ । अगाडि २७६ एमएम र पछाडि २२० एमएमको डिस्क दिइएको छ । मोटरसाइकललाई थप सुरक्षीत बनाउन यसमा सिंगल च्यानल एबीएस समेत उपलब्ध रहेको छ । यो एबीएस उपलब्ध नेपालकै सबैभन्दा सस्तो मोटरसाइकल हो ।

डायमन्ड टाइप फ्रेममा तयार भएको हिरो एक्सट्रीम २०० आरमा अगाडि एन्टी फिक्सन बुस सहितको टेलिस्कोपिक हाइड्रोलिक टाइप र पछाडि ७ स्टेप एड्जस्ट गर्न मिल्ने मोनोशक सस्पेन्सन दिइएको छ । यस मोटरसाइकलमा अगाडि र पछाडि नै समान १७ इन्चको ह्वील दिइएको छ ।

एनजीएमले नेपाली बजारमा हिरो एक्सट्रीम २०० आरलाई विभिन्न तीन कलर अप्सनमा उपलब्ध गराएको छ । जसमा व्ल्याकसँग स्पोर्ट रेड, प्यान्थर व्ल्याकसँग फोर्स सिल्भर र टेक्नो व्ल्यू रहेका छन्


Back_to_top