सुरक्षा फिचर थपिएर नेपाल आयो ‘बजाज डिस्कभर’

काठमाडौं । बजाजले आफ्नो डिस्कभर मोडलमा सीबीएस ब्रेकिङ सिस्टम दिएर नेपाली बजारमा विक्री सुरु गरेको छ । कम्पनीले केही समय अगाडि नेपाली बजारमा सीबीएस फिचरसहितको डिस्कभर १२५ मोडलको विक्री सुरु गरेको हो ।

नेपाली बजारमा बजाज डिस्कभरको तीन भेरियन्ट उपलब्ध रहेका छन् । जसमा डिस्कभर १२५ ड्रम, डिस्कभर डिस्क र डिस्कभर एसटी छन् । बजारमा उपलब्ध डिस्क ब्रेक भर्सनमा सीबीएस (कम्बी) ब्रेकिङ सिस्टम दिइएको हो ।

डिस्कभर १२५ मा १२४ सीसी सिंगल सिलिन्डर इन्जिन रहेको छ । यसले १३ पीएस पावर तथा ११  एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स रहेकोे छ । यसको टप स्पीड १०५ किलोमिटर प्रतिघन्टा रहेको छ ।

डिस्कभर १२५ मा ८ लिटरको इन्धन ट्याङक रहेको छ । यसमा डिआरएल तथा एलइडी टेलल्याम्प दिइएको छ । त्यस्तै यसमा सेमिडिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, २०० एमएम डिस्क, अलाय ह्वील जस्ता फिचर दिइएको छ ।

के हो सीबीएस (कोम्वी) ब्रेकिङ सिस्टम ?

यसलाई एन्टी स्कीड ब्रेकिङ सिस्टम भनेर पनि बुझ्न सकिन्छ । यसमा मोटरसाइकलको अगाडि र पछाडिको ब्रेकलाई एकअर्कामा कनेन्ट गरिएको हुन्छ । जब मोटरसाइकल चालकले कुनै पनि चक्काको ब्रेक लगाउँछ, त्यसको इम्प्याक्ट दुबै ब्रेकमा बराबर पर्छ । यसले मोटरसाइकलको रोक्ने क्षमतालाई बढाउने काम गर्छ । जसले गर्दा मोटरसाइकल ह्वीलमा कुनै प्रेसर विना नै कम दुरीमा नै मोटरसाइकल रोकिन्छ ।

कोम्वी ब्रेकिङ सिस्टम पहिलो पटक होन्डाले प्रयोगमा ल्याएको थियो ।


Back_to_top