काठमाडौं । सरकारले सञ्चालनमा रहेका सवारी साधानलाई अनिर्वाय हरियो स्टिकर लगाउनुपर्ने नियम बनाएको छ । यसअघि मोटरसाइकललाई हरियो स्टिकर अनिर्वाय नभएपनि अब भने अनिर्वाय गरिने भएको छ ।
सरकारले निर्धारण गरेको नयाँ प्रदुषण मापदन्ड अनुसार पहिलो फेजमा आर्थिक वर्ष २०७५/७६ भरि सबै महानगरपालिका तथा उपमहानगरपालिकामा सञ्चालित सवारी साधानमा अनिर्वाय हरियो स्टिकर लगाउनु पर्ने भएको छ ।
यो पनी पढ्नुस्ः अटो-फ्याक्टस्ः तथ्यांकमा सवारीसाधन आयात, कुन देशबाट कति ?
ग्रिन स्टिकर प्राप्त गर्नको लागि पेट्रोलियम पदार्थबाट चल्ने सन् १९८० भन्दा पहिला निर्माण भएका चारपाङ्ग्रे सवारी साधानले ४.५ प्रतिशत भन्दा कम कार्बनमनोअक्साइड उत्पादन गर्नु पर्नेछ । १००० पीपीएम हाइड्रोकार्बन उत्पादन गर्ने सवारीसाधनलाई हरियो स्टिकर दिइने छ ।
त्यसैगरी, १९८१ देखि सञ्चालनमा आएका सवारीसाधानले ३ प्रतिशत कार्बनमनोअक्साइड तथा १००० पीपीएम हाइड्रोकार्बन उत्पादन गरे ग्रिन स्टिकर दिईने मापदन्ड बनाइएको छ ।
दुई तथा तीन पाङग्रे सवारी साधानले ४.५ प्रतिशत कार्बनमनोअक्साइड तथा ७ हजार ८ सय पीपीएम हाइड्रोकार्बन उत्पादन गर्नेलाई हरियो स्टिकर दिइने छ ।
त्यस्तै ग्यासबाट संचालन हुने तीन पाङग्रे सवारी साधानले ३ प्रतिशत कार्बनमनोअक्साइड तथा ७ हजार ८ सय पीपीएम हाइड्रोकार्बन उत्पादन गर्दासमेत हरीयो स्टीकर प्राप्त गर्न सक्ने छन् । सरकारले ग्यासबाट सञ्चालन हुने चार पाङग्रे सवारी साधनले ३ प्रतिशत कार्बनमनो अक्साइड र १ हजार पिपिएम हाइड्रोकार्बन उत्पादन गरेमा ग्रिन स्टिकर पाउने उल्लेख गरेको छ ।
यो पनी पढ्नुस्ः अटो-फ्याक्ट्सः पेट्रोलियम पदार्थ आयात ३७ प्रतिशतले बढ्यो, १५१ अर्बको आयात
सन् १९९४ भन्दा पुराना तथा डिजेलबाट चल्ने सवारीसाधनले ७५ हार्टरिज स्मोक युनिट र १९९५ देखि सञ्चालित सवारीसाधनमा ६५ हार्टरिज स्मोक युनिटलाई भने कुनै मापदन्ड निर्धारण गरिएको छैन् ।
बढिरहेको वातावरण प्रदुषणलाई ध्यानमा राख्दै सरकारले हरियो स्टिकर प्रदान गर्न सवारी साधनमा प्रदुषण मापदन्ड लागु गरेको जनाएको छ ।
यो स्तम्भ फ्याक्ट्स नेपाल र मेरोअटो डटकमको सहकार्यमा तयार परिएको हो । हरेक बुधबार मेरोअटोमा प्रकाशन हुने छ ।


