रोयल एनफिल्डले आफ्नो ५०० पेगाससलाई जुलाई १० को दिन अनलाईन बिक्री खुल्ला गरेको थियो । बिक्री खुल्ला गरेको १७८ सेकेन्डमा सबै बाइक सोल्डआउट भएको कम्पनीले जानकारी दिएको छ ।
भारतीय बजारमा बिक्री गर्ने लक्ष्य राखीएको सबै यूनिट १७८ सेकेन्डमा सोल्डआउट हुनु भनेको ३ मिनेट भन्दा २ सेकेन्डले कम सयममा सबै विक्री हुनु हो, जुन मोटरसाइकल इतिहासमै एउटा नयाँ रेकर्ड हो ।
कम्पनीले ५०० क्लासिक पेगासस मोडललाई लिमिटेड एडिशनमा लन्च गरेको हो । कम्पनीले भारतीय बजारलाई २५० युनिटमात्र दिएको र त्यसलाई अनलाइन मार्फत बिक्री खुल्ला गरिएको थियो ।
अनलाइन बुकिङको आधारमा पहिलो २५० जनाले बाइक खरिद गर्न पाउने कम्पनीले जनाएको थियो । कम्पनीले बुकिङ्ग खोलेको केही समयमा नै वेबसाइट क्रयास भएको थियो ।
जम्मा १ हजार युनिट मात्र उत्पादन भएको पेगाससमा टेक्निकल परिर्वतन गरेको छैन भने, बाहिरि आवरणमा बिषेश परिवर्तन गरेको छ । कम्पनीले दोस्रो बिश्व युद्धमा प्रयोग भएको फ्लाइग फ्ली बाइकबाट प्रेरित भएर यो लिमिटेड एडिशन पेगासस बनाएको बताएको छ ।
रोयल एनफिल्ड क्लासिक पेगासस ५०० मा ४९९ सीसी क्षमताको एयर कुल्ड सिगंल सिलिन्ड इन्जिन रहेको छ । ५ हजार २ सय ५० आरपीएममा २७.२ पावर तथा ४ हजार आरपीएममा ४१.३ एनएम पीक टर्क जेनेरेट गर्ने यो बाइकको तौल १९४ केजी रहेको छ ।
भारतीय बजारमा २ लाख ५० हजारमा बिक्री गरिएको यस बाइकलाई बेलायतमा भने १९० यूनिट बिक्री गरिएको छ ।


