फक्सवागेन भेन्टो बन्द भएसँगै आयो भर्टुस

काठमाडौं । जर्मन ब्राण्ड फक्सवागेनले आफ्नो कम्प्याक्ट सेडान भेन्टोको उत्पादन बन्द गर्दै नयाँ सेडान भर्टुस सार्वजनिक गरेको छ । भारतीय बजारको रणनीतिक हिस्साको रुपमा टाइगुनपछि भर्टुस ल्याएको हो ।

फक्सवागेनले भर्टुसमा पनि टाइगुनकै जस्तो १.० लिटर र १.५ लिटरको टर्बो चार्ज्ड थ्रि सिलिण्डर टीएसआई इन्जीन दिएको छ । टाइगुनको १.० लिटर इन्जिन मात्रै नेपाल आएको छ । त्यसैले भर्टुसको पनि १.० लिटर इन्जिन अप्सन मात्रै नेपालमा उपलब्ध हुने अनुमान लगाउन सकिन्छ ।

फक्सवागनले भारतमा आज देखाएको यो सेडान कार दुई महिनापछि मात्रै विक्री सुरु हुने अनुमान गरिएको छ । भर्टुस सेडानको अगाडिको डिजाइन निकै सार्प देखिएको छ । फक्सवागेनको लेटेस्ट डिजाइन ल्याङ्वेजमा आधारित भर्टुसमा स्लीक र्यापअराउण्ड हेडलाइट र ग्रिल तथा बम्परमा टेस्टफुल क्रोम एसेन्टको प्रयोग गरिएको छ ।

भर्टुसको लम्बाई ४ हजार ५४१ एमएम, चौडाई १ हजार ७५२ एमएम र उचाई १ हजार ४८७ एमएम रहेको छ । यसमा २ हजार ६५१ एमएमको ह्वीलवेस पाउन सकिन्छ । कारमा ५२१ लिटरको बुट स्पेस छ ।

निकै मोर्डन क्यावीन लेआउट भएको भर्टुसमा १० इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम, थ्री स्पोक स्टेरिङ ह्वील, ८ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, सनरुफ, वायरलेस चार्जर, ८ वटा स्पीकरसहितको अडियो सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, भेन्टीलेटेड फ्रन्टसीट, ६ वटा एयरव्याग, अटोमेटिक हेडल्याम्प र वाइपर, टायर प्रेसर मोनिटरीङ सिस्टम, हिलहोल्ड कन्ट्रोल, एम्बीयन्ट लाइट, कुल्ड ग्लोबवक्स, टीपीएमएस, इएससी, इडीएस जस्ता आधुनिक फिचर पाउन सकिन्छ ।


Back_to_top