यसरी गर्यो एक टुईटले ट्याक्सी चालकलाई कारर्वाही

काठमाडौं । ट्याक्सीले मिटरमा जान मानेर वा तपाईले चाहेको ठाउँमा जान्न भन्यो भने मानिसहरु अर्को ट्याक्सी खोज्न थाल्ने वा सोहि ट्याक्सीलाई फकाउन पैसा थप्नेसम्म गर्ने गरेका छन् । तर त्यसो होइन ट्याक्सीले मिटरमा जादिन वा जान आनाकानी गरेमा त्यसलाई कानुनी दायरामा ल्याउन सकिन्छ ।

ट्याक्सी बाटोमा आईसकेपछि उसले पेसेन्जरलाई अनिवार्य रुपमा सम्बन्धित स्थानमा मिटर चलाएर पूर्याउनै पर्ने बाध्यकारी नियम रहेको छ तर धेरैले यसलाई वास्ता गर्ने गरेका छैनन् ।

हालै मात्र एक ट्याक्सीका ग्राहकले आफ्नो टुईटर ह्याण्डलबाट बा २ ज ८८७ का ट्याक्सीले चारखालबाट महाराजगंज जान नमानेको कम्प्लेन गरेका थिए । उनले जुलाई १४ मा भ्यालीट्राफिक तथा हेलो सरकारलाई मेन्सन गरेर टुइट गरेका थिए ।

शो ट्याक्सीलाई भ्याली ट्राफिकले जुलाइ २० मा  काटेको रसिद सहित ‘हामिले उक्त सवारीलाई कारर्वाही गरेका छौ‘ भन्दै टुइटको रिप्लाई गरेको छ । अब सो ट्याक्सीलाई सचेतना सहित रु ३००० जरिवाना हुनेछ ।

आजकाल उपत्यका ट्राफिक महाशाखाले सोसल मिडियाहरुमा आएको कम्प्लेनको आधारमा पनि कारर्वाही गर्न थालेको छ ।

यातायात व्यवस्था विभागले बिल प्रिन्टर मेशीस नराखिकन ट्याक्सी चलाउन नपाउने नियम ल्याएको छ । यातायात व्यवस्था विभागका अनुशार प्रिन्ट बिल नदिने र बढी भाडा लिने चालकमाथि विभागले निरन्तर अनुगमन गरिरहेको बताएको छ ।

यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौं उपत्यकामा १० हजार ६४५ ट्याक्सी दर्ता भएका छन्, त्यसमध्य आठ हजार ५०० ट्याक्सीमा प्रिन्टर मेसिन जडान गरिएको छ ।


Back_to_top