काठमाडौं । हिरोको आधिकारीक विक्रेता नेपाल जनरल मार्केटिङ प्रालिले एक्सपल्स २०० फोर भी विक्री सुरु गरेको छ । कम्पनीले ४ लाख ५० हजार मूल्य तोकेर यसको विक्री सुरु गरेको हो ।

यसअघि डिलरहरुले अनुमानित मूल्य ४ लाख ७५ हजार पर्ने जनाएर ग्राहकसँग एक्सपल्स २०० फोर भीको बुकिङ लिएका थिए । कम्पनीले विभिन्न तीन कलर भेरियन्टमा एक्सपल्स २०० फोर भी नेपाल ल्याएको छ ।

नयाँ मोटरसाइकलमा ४ भल्भ प्रयोग भएको छ । साथै, रेगुलरको तुलनामा १.०२ पीएस पावर र ०.९ एनएम टर्क बढी प्रदान गर्न सक्षम छ ।
हिरोले यसमा ७ फिन आयल कुलरको प्रयोग गरेको छ, अब पहिले जस्तो इन्जिन तात्ने समस्या पूर्णरुपमा समाधान भएको कम्पनीको दावी छ ।

हिरोले नेपालमा विक्री गर्दै आएको रेगुलर मोडल एक्सपल्स २०० को मूल्य ४ लाख ३ हजार रुपैयाँ रहेको छ । नयाँ फोर भी मोडलको मूल्य रेगुलरको तुलनामा ४७ हजार रुपैयाँ बढी राखेर विक्री सुरु गरेको हो ।

