भारतमा आयो दुई नयाँ इलेक्ट्रीक स्कुटर, यस्ता छन् विशेषता

भारतमा एकपछि अर्को स्टार्टअप कम्पनीहरुले इलेक्ट्रीक बाइक तथा स्कुटर सार्वजनिक गरिरहेको समयमा अभन मोटर्सले नयाँ इलेक्ट्रिक स्कुटर जेरो र जेरो प्लस सार्वजनिक गरेको छ । यी स्कुटरको मुल्य क्रमशः ५५ हजार र ८५ हजार भारु तोकिएको छ । 

कम्पनीले जेरोलाई इन्ट्री लेभल मोडलको रुपमा र जेरो प्लसलाई परफर्मेन्स मोडल भएको जनाएको छ । दुबै स्कुटरमा डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल दिइएको छ । 

तीन राइडिङ मोड रहेको यो स्कुटरमा सेफ्टी पार्किङ्ग ब्रेक, एक टप बक्स, मोबाइल फोन चार्जर, एलईडी इन्डिकेटर लाइट जस्ता फिचर रहेका छन् ।

इन्ट्री लेवल जेरोको टप स्पीड २५ किलोमटिर प्रति घण्टा छ भने जेरो प्लसको टप स्पीड ४५ किलोमिटर रहेको छ । कम्पनीलले जेरोमा २५० वाट इलेक्ट्रिक बीएलडीसी मोटर र ४८ भोल्ट लिथियम आयोन ब्याट्री प्याक दिएको छ । यसलाई एक पटक फुल चार्ज गरेपछि ७० किलोमिटर चलाउन सकिन्छ । 

त्यसैगरी जेरो प्लसमा ८०० वाट इलेक्ट्रिक मोटर छ भने ड्युअल लिथियम आयोन ब्याट्रीको प्रयोग गरिएको छ । दुबै स्कुटर फुल चार्जको लागि ४ घण्टाको समय लाग्छ ।

स्कुटरलाई महाराष्ट्रको पुर्णेबाट वितरण शुरु गर्ने योजना बनाएको कम्पनीले जनाएको छ । 


Back_to_top