एक्सपल्स २०० को र्‍याली किट नेपालमा

काठमाडौं । हिरो एक्सपल्स २०० फोर भीको लागि र्‍याली किट नेपाल भित्रिएको छ । हिरोको सल्लाघारीमा भइरहेको एक्सचेन्ज मेलामा कम्पनीले र्‍याली किट सार्वजनिक गरेको हो ।

र्‍याली किट हिरोले उत्पादन गरेको एक्सपल्स २०० को एशोसरीज हो । र्‍याली किटको प्रयोग गरेर हिरो एक्सपल्स २०० लाई पुर्णत डर्ट मोटरसाइकलमा परिर्वतन गर्न सकिन्छ ।

एक्सपल्स र्‍याली किटमा कम्पनीले ठूलो साइजको अफरोड टायर, अगाडि र पछाडि दुबैतर्फ एडजष्ट गर्न मिल्ने सस्पेन्सन, ह्याण्डलबार रेजर, कुसन (सिट) पाउन सकिन्छ ।

भारतीय बजारमा उपलब्ध किटमा नयाँ एग्जस्टसमेत रहेको छ । तर नेपालमा भने एक्जष्ट उपलब्ध छैन । नेपालमा मोटरसाइकल मोडीफाइ र एग्जस्ट परिर्वतन गर्न कानुनले वर्जित गरेको छ ।

हिरो मोटोकर्पले भारतीय बजारमा ३८ हजार भारतीय रुपैयाँमा विक्री गर्दै आएको र्‍याली किटकाे नेपालमा कति मूल्य पर्छ भन्ने बारेमा केही जानकारी दिएको छैन ।

हिरो मोटरसाइकल तथा स्कुटरको नेपालमा लागि आधिकारि विक्रेता कम्पनी एनजीएम हिरोले भक्तपुरको सल्लाघारीमा आयोजना गरेको एक्सचेन्ज मेलामा कम्पनीले तीन नयाँ मोटरसाइकल सहित र्‍याली किटसमेत सार्वजनिक गरेको हो ।

कम्पनीले हिरो एक्सपल्स २०० फोर भी, मेस्ट्रो एज १२५ र ग्ल्यामर १२५ एक्सटेक सार्वजनिक गरेको हो ।


Back_to_top