‘ब्याक गियर’ भएको इलेक्ट्रीक स्कुटरमा ३० हजार नगद छुट

काठमाडौं । सुपर शोको इलेक्ट्रीक स्कुटरमा नगद ३० हजार रुपैयाँ छुटको स्कीम सार्वजनिक भएको छ । सुपर शोको इलेक्ट्रीकका लागि नेपालको आधिकारिक विक्रेता डि लाइफ स्टाइलले नयाँ वर्ष २०७९ को अफर अन्तर्गत ३० हजार नगद छुट स्कीम ल्याएको हो ।

कम्पनीले सार्वजनिक गरेको नयाँ वर्ष अफरमा सुपर शोको सीपीएक्स स्कुटर खरिद गर्ने ग्राहकका लागि उक्त स्कीम दिएको हो । यो बाहेक अन्य स्कुटर तथा मोटरसाइकलमा भने १५ हजार रुपैयाँ नगद छुट दिने कम्पनीले जनाएको छ ।

सुपर शोको सीपीएक्समा हाइ पावर ४ किलोवाटका क्षमतको मोटर जडान गरिएको छ । यो मोटरले १७१ एनएम बराबरको टर्क जेनेरेट गर्छ । यसमा ६० भोल्ट ४५ एम्पीयरको लिथिएम आयोन ब्याट्री उपलब्ध छ । यसमा डबल ब्याट्री अप्सनसमेत पाउन सकिन्छ । यो स्कुटर सिंगल ब्याट्री अप्सनमा १०० किलोमटिर रेन्ज दिन्छ ।

यो स्कुटरमा एलइडी लाइटस्, यूएबी चार्जिङ पोर्ट, रिमोट कि, एन्टि थेप्ट अर्लाम, डबल डिस्क ब्रेक, राइडिङ मोड, रिर्भस गियर जस्ता फिचर उपलब्ध छन् ।

यो स्कुटरको रियरमा कार्वन स्टील क्यारियर दिइएको छ । यसले डेलिभरि गर्ने प्रयोजनलाई सहज तुल्याउँछ ।

डि लाइफ स्टाइलले सीपीएक्सको सिंगल ब्याट्री अप्सनको मूल्य ४ लाख ५९ हजार ९०० रपैयाँ र डबल ब्याट्री अप्सनको ५ लाख ८९ हजार ९०० रुपैयाँ निर्धारण गरेर विक्री गर्दै आएको छ । नयाँ बर्ष स्कीममा खरिद गर्दा यी दुई भेरियन्टको मूल्य क्रमश ४ लाख २९ हजार ९०० र ५ लाख ५९ हजार ९०० रुपैयाँ पर्नेछ ।

कम्पनीले बैशाख ३१ गतेसम्म यो योजना लागु हुने जनाएको छ ।


Back_to_top