काठमाडौं । जापानी मोटरसाइकल निर्माता कम्पनी यामाहाले सिन्थेटिक इन्धनबाट चल्ने मोटरसाइकल एशियाली बजारमा ल्याउन सक्ने भएको छ । निक्केइ एशिया नामक पत्रिकामा प्रकाशित एक रिपोर्टमा उक्त कुरको बारेमा उल्लेख गरिएको छ ।
सिन्थेटिक इन्धन बायोएथेनल र अन्य कच्चा पदार्थको प्रयोग गरेर उत्पादन गर्न सकिन्छ । सिन्थेटिक इन्धनबाट चल्ने मोटरसाइकलले कार्बनडाइअक्साइड उत्सर्जन कम गर्न मद्दत गर्छ ।
रिपोर्टका अनुसार यामाहा मोटरका अध्यक्ष योशिहिरो हिदाले भारत लागयतका एशियाली देशहरूका लागि सिन्थेटिक इन्धनबाट चल्ने मोटरसाइकल उत्पादन गर्ने योजना बनाएको जनाएका छन् । यामाहाको बायोएथेनल इन्धनबाट चल्ने स्पोटर्स मोटरसाइकलहरू ब्राजिलमा विक्री हुँदै आएको छ । यस्ता मोटरसाइकलहरु पेट्रोलियम पदार्थ तथा सिन्थेटिक इन्धन दुवैबाट चलाउन सकिन्छ ।
यसका अलावा कम्पनीले सन् २०२४ सम्ममा १० मोडलका इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक योजना बनाएको छ ।


