नेपाली बजारमा पाइने यी १३ इलेक्ट्रीक स्कुटर मूल्य र विशेषता सहित

काठमाडौं । नेपाली बजारमा विश्वका धेरै देशमा उत्पादन भएका इलेक्ट्रीक सवारीसाधनहरु विक्री वितरण भइरहेका छन् । यस्तोमा मूल्य, माइलेज, मोटर, ब्याट्रीजस्ता कुराहरुले उपभोक्तालाई कुन छनोट गर्ने भन्ने अन्योलमा पार्ने गरेको छ । 

हामीले नेपाली बजारमा विक्री वितरण भइरहेका १३ वटा इलेक्ट्रीक स्कुटरको बारेमा  जानकारी दिदैछौं । नेपाली बजारमा बिक्रीवितरण हुने इलेक्ट्रीक स्कुटर यस प्रकार रहेका छन् । 

टेरा सिड-६० अल्फा 

२००० वाट ब्रसलेस इलेक्ट्रकि मोटर प्रयोग गरिएको यो स्कुटरमा लिड एसिड ६० भी व्याट्री प्रयोग गरिएको छ । एकपटक चार्ज गरेपछि ४५ किलोमिटर सम्म चल्ने यो स्कुटरको टप स्पीड ६० किलोमिटरको गतीमा दौडिन सक्छ । यो स्कुटरको नेपाली बजार मूल्य १ लाख १० हजार रहेको छ ।

टेरा एक्यूटो

३००० वाट ब्रसलेस इलेक्ट्रीक मोटर प्रयोग गरिएको यो स्कुटरमा लिड एसिड ६० भी–२९ ए लिथिएम आयोन ब्याट्री प्रयोग गरिएको छ । 

एकपटक फुल चार्ज गरेपछि ८० किलोमिटर सम्म चल्ने यो स्कुटरको टप स्पीड ७५ किलोमिटरको गतीमा दौडिन सक्छ । यो स्कुटरको नेपाली बजार मूल्य २ लाख ३५ हजार रहेको छ । 

एनआईयू एन-१ एस

२४०० वाटको मोटर प्रयोग गरिएको यो स्कुटरमा २९ एएच ६० भोल्टको ब्याट्री प्रयोग गरिएको छ । एकपटक फुल चार्ज गरेपछि ८० किलोमिटरसम्म चल्ने यो स्कुटरको टप स्पीड ५५ किलोमिटरको गतीमा दौडिन सक्छ । यो स्कुटरको नेपाली बजार मूल्य १ लाख ९८ हजार रहेको छ ।

भिमाेटो इम्याक्स भी -१०० एस

४००० वाट ब्रसलेस डीसी मोटर प्रयोग गरिएको यो स्कुटरमा  ७२ भोल्ट ४० एएच लिड एसिड ब्याट्री प्रयोग गरिएको छ । 

एकपटक फुल चार्ज गरेपछि ११० किलोमिटरसम्म चल्ने यो स्कुटरको टप स्पीड ८० किलोमिटरको गतीमा दौडिन सक्छ । यो स्कुटरको नेपाली बजार मूल्य २ लाख ५० हजार रहेको छ ।

भिमोटो इम्याक्स भी-१०० एल

४००० वाट ब्रसलेस इलेक्ट्रीक मोटर प्रयोग गरिएको यो स्कुटरमा ७२ भी ४० एएच लिथिएम ब्याट्री प्रयोग गरिएको छ । एकपटक चार्ज गरेपछि १२० किलोमिटरसम्म चल्ने यो स्कुटरको टप स्पीड ८० किलोमिटरको गतीमा दौडिन सक्छ । यो स्कुटरको नेपाली बजार मूल्य २ लाख ६० हजार रहेको छ ।

भिमोटो एलियन

यो स्कुटरमा ७२ भी २० बी लिड एसिड ब्याट्री प्रयोग गरिएको छ । एकपटक फुल चार्ज गरेपछि ६० किलोमिटर सम्म चल्ने यो स्कुटरको टप स्पीड ५५ किलोमिटरको गतीमा दौडिन सक्छ । यो स्कुटरको नेपाली बजार मूल्य १ लाख ३१ हजार ३ सय ३१ रुपैयाँ रहेको छ ।

हिरो इलेक्ट्रीक फुटोन


१००० वाट मोटर प्रयोग गरिएको यो स्कुटरमा ४८ भी ३३ एएच ब्याट्री प्रयोग गरिएको छ । एकपटक फुल चार्ज गरेपछि ६५ किलोमिटर सम्म चल्ने यो स्कुटरको टप स्पीड ४५ किलोमिटरको गतीमा दौडिन सक्छ । यो स्कुटरको नेपाली बजार मूल्य १ लाख ६० हजार रहेको छ । 

हिरो इलेक्ट्रीक ई-स्प्रीन्ट


८०० वाट मोटर प्रयोग गरिएको यो स्कुटरमा ४८ भी ३३ एएच लिथिएम ब्याट्री प्रयोग गरिएको छ । एकपटक चार्ज गरेपछि ५० किलोमिटर सम्म चल्ने यो स्कुटरको टप स्पीड ४५ किलोमिटरको गतीमा दौडिन सक्छ । यो स्कुटरको नेपाली बजार मूल्य १ लाख ३५ हजार रहेको छ ।

एसएमएस स्कुटर


२५०० वाट मोटर प्रयोग गरिएको यो स्कुटरमा लिड एसिड ४८ भोल्ट ८० एएच ब्याट्री प्रयोग गरिएको छ । एकपटक फुल चार्ज गरेपछि ६० किलोमिटरसम्म चल्ने यो स्कुटरको टप स्पीड ४५ किलोमिटरको गतीमा दौडिन सक्छ । यो स्कुटरको नेपाली बजार मूल्य १ लाख १४ हजार रहेको छ ।

ओरभा जे-५००


यो स्कुटरमा ५०० वाट ब्रसलेस इलेक्ट्रीक मोटर प्रयोग गरिएको छ । एकपटक चार्ज गरेपछि ५५ किलोमिटरसम्म चल्ने यो स्कुटरको टप स्पीड ४२ किलोमिटरको गतीमा दौडिन सक्छ । यो स्कुटरको नेपाली बजार मूल्य १ लाख १० हजार रहेको छ ।

बीएमसी ईएम–३१५


२००० वाट मोटर प्रयोग गरिएको यो स्कुटरमा ७२ भी २० एएच ब्याट्री प्रयोग गरिएको छ । एकपटक फुल चार्ज गरेपछि ४५ किलोमिटर सम्म चल्ने यो स्कुटरको नेपाली बजार मूल्य १ लाख ३५ हजार रहेको छ ।

ई-फन कार्गो


१००१–२००० वाट मोटर प्रयोग गरिएको यो स्कुटरमा ७२ भोल्ट २० एएच लिथिएम ब्याट्री प्रयोग गरिएको छ । एकपटकको फूल चार्जमा ६० देखि ८० किलोमिटर चल्ने यो स्कुटरको नेपाली बजार मूल्य २ लाख १० हजार रुपैयाँ रहेको छ । 

योबाके यो स्पीड


७५० वाट मोटर प्रयोग गरिएका यो स्कुटरमा १२ भोल्ट ब्याट्री प्रयोग गरिएको छ । एकपटक फुल चार्ज गरेपछि ७५ किलोमिटरसम्म चल्ने यो स्कुटरको टप स्पीड ४५ किलोमिटरको गतीमा दौडिन सक्छ । यो स्कुटरको नेपाली बजार मूल्य ९९ हजार ५ सय रहेको छ ।


Back_to_top