पल्सर ‘एनएस १६०’ मा एबिएस आउने, यति बढ्ने छ मूल्य

भारतीय मोटरसाइकल कम्पनी बजाजले पल्सरको नयाँ भर्जन एबिएस २०१९ बजाज पल्सर एनएस १६० सार्वजनिक गर्ने भएको छ । 

१६०.३ सिसी क्षमता ४ बल्ब डिटिएसआई इन्जिन लगाइएको छ । यसमा लगाइएको इन्जिनले ८५०० आरपिएममा १५.५ पिएस पावरका साथै ६५ आर पिएममा १४.६ एनएम टर्क उत्पादन गर्छ । मोटरसाकललाई सिग्गल च्यानल एबिएसलगायतका स्टान्र्डर्ड  विशेषतासहित सार्वजनिक गर्न लागेको हो । मोटरसाइकलमा कलर भ्यारियन्टका साथै ग्राफिक्सको विशेषता समेत थप गरिएको छ । 

पल्सरले भारतीय बजारमा टिभिएस अपाची आरटिआर १६० फोर भी, सुजुकी जिक्सर, यमाहा एफजेडएस तथा होन्डा सिबी हार्नेट १६० आरसंग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । 

यसमा १७ इन्च अलोय ह्वील दिइएको छ । बजाज पल्सर एनएस १६० को मुल्य ८२ हजार ६ सय २४ भारतीय रुपैँयाँ रहेको छ । एबिएस भर्जनमा यसको मुल्य बढेर ९५ हजारको आसपासमा पुगेको अनुमान गरिएको छ । 


Back_to_top