काठमाडौं । नेपाल बायुसेवा निगमले ल्याएको पहिलाे वाइड बडी जहाज ए ३३० अन्नपूर्णले सम्पूर्ण परिक्षण पुरागरी उडान अनुमति पाएको छ ।
‘प्राधिकरण र निगमले सम्पूर्ण प्राविधिक काम कारवाही पुरा गरेको छ । अब अगस्ट १ तारिखबाट काठमाडौं दोहा उडान भर्नेछ’ नेपाल बायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले ट्वीट गर्दै उक्त कुराको जानकारी दिएका हुन् ।
अगस्ट १ तारिक अर्थात साउन १६ गते बुधवार निगमको पहिलो वाइड बडी जहाजले काठमाडौं दोहा उडन भर्ने छ ।
यो पनि पढ्नुस्:नयाँ जहाज अन्नपूर्ण र मकालुको इन्साइड स्टोरी, फर्काउला एनएसीको साख

