काठमाडौं । सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सबै किसिमका कार, जीप, भ्यानको आयातमा असार मसान्तसम्म पूर्ण रुपमा रोक लगाएको छ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी आयात रोक्ने निर्णण गरेको हो ।
पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनको आयातमा रोक लगाएको भएपनि विद्युतीय सवारी साधनको एलसी खोल्ने बाटोभने खुल्ला भएको छ ।
साथै, २५० सीसीभन्दा माथिका मोटरसाइकलको आयात पनि असार मसान्तसम्म पूर्णरुपमा बन्देज लगाइएको छ । यसले साना मोटरसाइकल तथा स्कुटरको आयातको बाटो भने खुल्ला भएको छ ।



