कुशक र टाइगुनको इन्टेरियरमा कति फरक ?

काठमाडौं । फक्सवागेन मोटर ग्रुपको इन्डिया प्लान २.० अन्तर्गत उत्पादन भएको पहिलो मिड साइज एसयूभी कुशक र टाइगुन दुबै नेपालमा विक्री वितरण हुँदै आएको छ । नेपालमा फक्सवागेन ब्राण्ड पुजा इन्टरनेशनल नेपाल र स्कोडा एमएडब्लू इन्टरप्राइजेजले विक्री गर्दै आएको छ ।

यी दुबै एसयूभीमा १.० लिटर र १.५ लिटरको दुई फरक इन्जिनमा भारतमा विक्री भइरहेको भएपनि नेपालमा भने १.० लिटर इन्जिनमा मात्रै उपलब्ध रहेको छ । यी दुबै गाडीमा रहेको १.० लिटर इन्जिन टर्बो हुन् । त्यसैले पावरको हिसावले १.५ लिटर इन्जिन बराबर यसमा पाउन सकिन्छ ।

दुबै एसयूभीमा प्रयोग भएको इन्जिनले समान ११५ पीएस पावर र १७८ एनएम टर्क प्रदान गर्छ । मिड साइज एसयूभीमा १.० लिटरको इन्जिन सुन्दा अलि कम लागेपनि यी दुबै गाडीको पफर्मेन्स राम्रो छ ।

साइड बनोट, साइज लगायतका विषयमा समानता रहेको यी दुबै मोडलमा समान ५ सिट तथा ३८५ लिटरको बुट स्पेश पाउन सकिन्छ । १७ इन्चको टायर रहेका दुबै एसयूभीको ग्राउण्ड क्लियरेन्स १८८ एमएमको रहेको छ । कुशकलाई टर्निङ रेडियर ५.३ मिटर चाहिन्छ भने टाइगुन ५.०५ मिटरको बाटोमै घुम्न सक्छ ।

धेरै कुरा समान भएपनि दुबै कारको फ्रन्ट फेसिया र रियर बडि तथा लाइट्स र बम्परमा भने केही भिन्नता पाउन सकिन्छ । दुबै एसयूभी एमक्यूबी एओ आइएन प्लेटफर्ममा बनेको हो । यद्यपि टाइगुनमा जर्मन डिजाइन र कुशकमा चेक हेरिटेजको विशेषता झल्कन्छ । टाइगुन बक्सी तथा सार्प लुक्सको रहेको छ भने कुशक बोल्ड तथा मस्कुलर देखिन्छ ।

टाइगुनको इन्टेरियर मार्डन तथा प्रिमियम रहेको छ । यसमा लेटेस्ट १० इन्चको डिजिटल इन्फोटेन्मेन्ट सिस्टम रहेको छ, जसमा आपल कार प्ले, एण्ड्रोइड अटो सपोर्ट गर्छ । यसमा कस्टुमाइज्ड डिस्प्ले सहितको डिजिटल भर्चुअल ककपिट स्टाइलको इन्ट्रुमेन्ट क्लष्टर रहेको छ ।
भेन्टीलेटेड लेदर सिट, एम्बीयन्ट लाइट, अडियो कन्ट्रोल तथा भाइस रिकग्नेसन सहितको फ्ल्याट बटम स्टेरिङ ह्वील, इलेक्ट्रीक सनरुफ जस्ता फिचरले टाइगुनलाई अब्बल बनाएको छ ।

स्कोडा कुशकमा आधुनिक सुविधा सहितको फिचरहरु तथा कनेक्टीभीटी फिचरहरु रहेको छ । यसमा १० इन्चको डिजिटल टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम रहेको छ । जसमा कनेक्टेड कार टेक, एप्पल कार प्ले, एण्ड्रोइड अटो लगायतका फिचरहरु छन् ।

यसका अलावा वायरलेस चार्जर, टच इनपुट सहितको अटोमेटिक क्लाइमेट कन्ट्रोल, टुस्पोक स्पोर्टी मल्टी पर्पोज स्टेरिङ ह्वील, ह्वाइट एम्बीयन्ट लाइट, एलइडी रिडीङ लाइट, क्रोम प्लेटेड डोर ह्याण्डल, ६ वटा स्पीर तथा अन्य सवउफर छन् ।

स्कोडाको सिम्प्ली क्लेभर बीट्सहरु जसमा कप होल्डरमा ननस्लीप बेस, टिकेट होल्डर, बुटमा व्याग हुक्स, फ्रन्ट सिटको व्याक साइडमा स्मार्ट फोन स्टोरेज पकेट आदि थप फिचरहरु पाउन सकिन्छ ।

सेफ्टीका लागि दुबै एसयूभीमा ६ वटा एयरव्याग, इबीडी सहितको एबीएस, इलेक्ट्रोनीस स्टेविलीटी कन्ट्रोल, टायर प्रेसर डिफ्लेसन वार्निङ, रियर पार्किङ डिस्ट्यान्स कन्ट्रोल, हिल होल्ड कन्ट्रोल, चाइल्ड सिट माउण्ट, तथा पछाडिको तेस्रो प्यासेन्जरका लागि पनि थ्री पोइन्ट सिटबेल्ट आदि रहेका छन् ।


Back_to_top