सांघाईमा अप्रिल महिनामा एक यूनिट पनि कार दर्ता भएन

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो कार बजार चीनको ठूलो सहरमा अप्रिल महिनामा एउटा पनि कार विक्री भएन । चीनको सांघाई सहर अटो हवको रुपमा चिनिन्छ । तर, कोभिड १९ को संक्रमण फैलिन थालेपछि सबै डिलर बन्द भएको कारण अप्रिलमा एक यूनिट पनि कार विक्री नभएको हो ।

सांघाईमा गत वर्षको मार्च महिनामा २६ हजार ३११ यूनिट कार विक्री भएको थियो । तर, यो वर्ष एक यूनिट पनि कार विक्री भएन । सांघाईमा विश्वभरका करिब ३०० ब्राण्डले आफ्नो उत्पादन विक्री गर्दै आएका थिए । सन् २०२२ को सुरुसँगै चीनमा कोभिड १९ को समस्या देखिएको थियो ।

करिब २ करोड ५० लाख जनसंख्या रहेको सांघाई सहर अझै कति दिन बन्द हुन्छ भन्ने टुङ्गो लागेको छैन । यद्यपि लामो बन्दको कारण जनजिवन प्रभावित भएको भन्दै सरकारले विस्तारै खुकुलो बनाउने संकेत दिएको छ ।

सांघाईमा देखिएको स्वास्थ्य समस्याको कारण नेपालमा पनि एमजी लगायतका ब्राण्डले कार ल्याउन सकेका छैनन् ।


Back_to_top