काठमाडौं । नेपालका एक मात्र रोयल इनफिल्डका भेट्रान सोलो राइडर प्रमोद श्रेष्ठ ’गुफी’ले सगरमाथामा रोयल इनफिल्डको झण्डा पुर्याएका छन् । गुफीले जेठ १ गते बिहान ७-८ बजे तीर सगरमाथाको सफल आरोहण गरेका हुन् ।
उनले आरोहण ११ अप्रिलमा शुरू गरेका थिए । उनले १० जना विभिन्न मुलुकका पदयात्रीसँगै आरोहण पूरा गरेका हुन् ।
सगरमाथा आरोहण ‘८८४८ बालिकालाई बालविवाह विरुद्ध शिक्षा’ अभियानलाई सफल बनाउन अल्फा अटोमोटिभ प्रालिका निर्देशक हर्ष संघाइले शुभकामनाका साथै रोयल इनफिल्डको झण्डा दिएका थिए ।
विश्वकै पुरानो मोटरसाइकल कम्पनी रोयल इनफिल्डको नेपालका लागि आधिकारिक विक्रेता त्रिवेणी समुह अन्तर्गतको अल्फा अटोमोटिभले आफ्नो विक्री, सर्भिस एवं शाखा विस्तार कार्य शुरू गरिरहेको छ ।

