यामाहा आर-१५ भी ४ को मूल्य सार्वजनिक, चाँडै विक्री सुरु हुने

काठमाडौं । यामाहाले नेपाली बजारमा आर-१५ भी ४ सार्वजनिक गर्ने भएको छ । कम्पनीले आफ्नो वेवसाइटमा यामाहा आर-१५ भर्सन ४ लिस्टिङ गरेको हो ।

यामाहाले नयाँ मोटरसाइकल यामाहा आर-१५ एम सार्वजनिक गरिसकेको छ । कम्पनीले यी दुबै मोटरसाइकललाई एकैसाथ लिस्टिङ गरेको हो ।

यामाहा मोटरसाइकलकलको लागि नेपालको आधिकारिक विक्रेता कम्पनी एमएडब्ल्यू इन्टरप्राइजेजले आर-१५ भी फोरको मूल्य ५ लाख ४९ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ । कम्पनीले यसको विक्री कहिले सुरु हुन्छ भन्ने विषयमा केही जानकारी दिएको छैन । यद्यपि मूल्य नै सार्वजनिक भएको कारण चाँडै विक्री सुरु हुने अनुमान गर्न सकिन्छ ।

कम्पनीले नयाँ आर-१५ भी फोरमा १५५ सीसी क्षमताको लिक्वीड कुल्ड भिभिए एफआई इन्जिनको प्रयोग गरेको छ । उक्त इन्जिनले अधिकतम १८.३ बीएच पावर र १४.१ एनएम टर्क प्रदान गर्छ । यसका ६ स्पीड गियरबक्सको साथमा स्लीपर क्लच दिइएको छ । मोटरसाइकलको कुल तौल १४२ किलोग्राम रहेको छ ।

नयाँ जेनेरेशन मोडलमा परिमार्जन गरिएको एग्जस्ट, ठूलो विन्ड स्कृन, पूर्ण डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, व्लुटुथ कनेक्टीभीटी, क्वीक सिफ्टर, ट्रयाक्सन कन्ट्रोल, नयाँ बडी ग्राफिक, यूएसडी फर्क, नयाँ हेडलाइट जस्ता परिमार्जन पाउन सकिन्छ ।

यामाहाले आजैबाट आर-१५ एमको विक्री सुरु गरेको छ । विक्री सुरु भएका यो मोटरसाइकलको मूल्य भने ५ लाख ७४ हजार ९०० रुपैयाँ तोकिएको छ ।


Back_to_top