भारतमा नयाँ डाट्सन गो प्लस दिपावलीमा आउने, यस्ता छन् विशेषता

न्यून मूल्यका कारण डेट्सन गो–प्लस निक्कै चर्चामा आएको थियो । तर, खराब क्वालिटी तथा लूक्सका कारण कारले ग्राहकको मन जित्न सफल भएन । कम्पनीले यही कारलाई फेसलिफ्ट मोडलमा आगामी तिहारमा सार्वजनिक गर्ने भएको छ । 

कम्पनीले गो र गो–प्लस फेसलिफ्ट भर्जन इन्डोनेशियामा चलिरहेको अन्तर्राष्ट्रि मोटर शोमा सार्वजनिक गरेको छ । नयाँ भर्जनमा कयौँ अपडेट गरेको कम्पनीले जनाएको छ ।

नयाँ बम्पर तथा ग्रिल, रिवाइज्ड हेलल्याप्स, एलईडी डीआरएल्समा परिमार्जन गरिएको छ । ग्रिलमा गरिएको परिमार्जनले यसलाई स्पोर्टी तथा स्टाइलिस लूक्स दिएको छ । कारको पछि लगाइएको सीसी क्यामेरामा इन्टीगे्रेटेड टर्न इन्डिकेटर्स दिइएको कम्पनीले जनाएको छ । 

साथै, दुबै मोडलमा स्मार्टफोन कनेक्टिभिटीलाई सपोर्ट गर्ने टचस्क्रिन इन्फोनेन्ट सिस्टम लगाइएको छ । यसमा दिइएको इन्स्ट्रुमेन्ट क्लस्टर री–डिजाइन गरेर लगाइएको छ । नयाँ स्टेरियङ्ग ह्वीलमा ड्राइभर साइड एयरब्याग लगाइएको छ । दुबै मोडलमा आर–१२ डीई १.२ लिटर, ३ सिलिन्डर पेट्रोल इञ्जिन लगाइएको छ, जसले ६७ बीएची पावरकासाथै १०४ एनएम टर्क जेनेरेट उत्पादन गर्छ । इञ्जिनमा पाँच स्पीड म्यानूअल गियरबक्स लगाइएको छ । यसको प्रतिस्पर्धा मारुती अल्टोसँग हुने आँकलन गरिएको छ । 


Back_to_top