काठमाडौं । बजाजको आधिकारीक विक्रेता हंशराज हुलाचन्द एण्ड कम्पनीले बजाज मोटरसाइकल खरिदमा ब्याज नलाग्ने स्कीमलाई निरन्तरता दिएको छ ।
तरलता अभावका कारण ग्राहकलाई मोटरसाइकल खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै कम्पनीले कम डाउनपेमेन्टमा पनि ब्याज नलाग्ने स्कीम दिएको हो ।
कम्पनीले ४० प्रतिशत डाउन पेमेन्टमा नै ब्याज नलाग्ने स्कीम दिएको हो ।
अब ग्राहकले ४० प्रतिशत डाउन पेमेन्ट गर्दा पनि व्याज तिर्नु पर्दैन भने बाँकी रकम १८ किस्तामा भुक्तानी गरिसक्नु पर्ने हुन्छ । बजाजले यो स्कीम असार मसान्तसम्म मात्रै लागु हुने जनाएको छ । बजाजको आफ्नो नेपालभर रहेको १०० भन्दा धेरै आधिकारीक डिलरहरु मार्फत यो योजनामा सहभागी हुन सकिने जनाएको छ ।
बजाजले नेपाली बजारमा प्लाटीना, डिस्कभर, एभेन्जर १६०, एभेन्जर २००, एनएस १६०, एनएस २००, पल्सर १५०, डोमिनार २५०, डोमिनार ४०० जस्ता मोटरसाइकल विक्री गर्दै आएको छ ।

