मारुती सुजुकी बलेनो फेसलिफ्टको सडक परिक्षण सुरु भएको छ । मारुती सुजुकीले आफ्नो प्रिमियम ह्याचब्याक बलेनोलाई भारतीय र राइट ह्यान्ड ड्राइभिङ रहेका अन्य देशमा समेत बिक्री वितरण गर्दै आएको छ ।
नेपाली बजारमा पनि बलेनोको उपस्थिति अत्यन्त राम्रो रहेको छ । कम्पनीले जापान, बेलायत, अष्ट्रेलियालगायत देशमा बलेनो बिक्री वितरण गर्दै आएको छ ।
फेसलिफ्टमा कम्पनीले रेगुलरमा भएको १.२५ लिटर डियुलजेट पेट्रोल इन्जिन र एसएचभीएस हाइब्रीडमा प्रयोग गरिएको उहि मोटर यसमा प्रयोग गर्ने अनुमान गरिएको छ । यो हाइब्रिड टेक्नोलोजीले ९० पिएस पावर र १२० एनएम टर्क उत्पादन गर्छ । यसमा ५ स्पीड म्यानुयल ट्रान्समिसन दिइएको अनुमान गरिएको छ ।
केही रिपोर्टका अनुसार यसमा १.४ लिटर के १४ बी इन्जिन दिन सक्ने अनुमान पनि गरिएको छ । जसले ९२.५ पिएस पावर र १३० एनएम टर्क उत्पादन गर्ने छ भने ५ स्पीड म्यानुयल र ४ स्पीड अटोमेटिक दुबै ट्रान्समिसनमा आउन सक्ने छ ।
कम्पनीले गत अप्रिलमा छिटोभन्दा छिटो हाइब्रिड र इलेक्ट्रीक कार उत्पादन गर्ने अनुमति लिएको थियो ।

