काठमाडौं । टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकरिक विक्रेता कम्पनी जगदम्बा मोटर्सले फाइनान्स स्कीम ल्याएको छ । कम्पनीले लो डाउन पेमेन्ट तथा लो मासिक किस्ता बुझाएर मोटरसाइकल तथा स्कुटर किन्न सकिने स्कीम ल्याएको हो ।
यो स्कीमअन्तर्गत ग्राहकले २० प्रतिशत डाउनपेमेन्ट गरेर टीभीएसका मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्नेछन् ।
२० प्रतिशत डाउनपेमेन्टपछि बाँकी रकम ग्राहकले १२, १८ र ३० महिनाको किस्तामा भुक्तानी गर्नुपर्ने हुन्छ । यो योजनामा मोटरसाइकलतर्फ सबैभन्दा कम मासिक किस्ता ४ हजार २७७ देखि सुरू हुनेछ भने स्कुटरतर्फ ३ हजार रुपैयाँदेखि नै सुरू हुने कम्पनीले बताएको छ ।
यही स्कीममा ग्राहकले एक्सचेन्ज सुविधासमेत उपलब्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एक्सचेन्जमा अधिकतम बजार मूल्याङ्कनका साथै बोनससमेत पाउन सकिने छ ।
यसका साथै यो स्कीम अन्तर्गत नगदमा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले टीभीएसको राइडिङ ज्याकेट निशुल्क प्राप्त गर्नेछन् ।

