काठमाडौं । बुकिङ खोलको एक हप्तामा नै हिरो एक्सपल्स २०० फोर भी र्याली एडिशन सोल्ड आउट भएको छ । सोल्ड आउट भएसँगै कम्पनीले बुकिङसमेत बन्द गरेको हो ।
हिरो मोटोकर्पले रेगुलर मोडलको तुलनामा १६ हजार महँगो मूल्य राखेर र्याली एडिशन सार्वजनिक गरेको थियो । कम्पनीले जुलाइ २२ मा यसको अनलाइन बुकिङ खुल्ला गरेको थियो भने २९ जुलाइको १२ बजेसम्म बुकिङ लिएको थियो । कम्पनीले यसको बुकिङ बन्द गरिसकेको छ भने कति यूनिट बुकिङ भयो भन्ने बारेमा आधिकारिक जानकारी दिएको छैन ।
एक्सपल्स २०० फोर भी र्याली एडिशनमा रेगुलर मोटरसाइकलको तुलनामा लम्बाइ २३ एमएम, ५० एमएम उचाइ र ९ एमएम लामो ह्वीलबेस रहेको छ । यसमा रेगुलर मोडलकोभन्दा लामो ट्राभल सस्पेन्सन समेत पाउन सकिन्छ ।
यसमा एडजष्टेबल फ्रन्ट तथा रियर सस्पेन्सन, ह्यान्डलबार रेजर, नयाँ स्ट्याण्ड, नयाँ गियर लिभर, र्याली सिट, तथा अफरोड टायर हुनेछ । यसका अलावा र्याली भर्सनमा नयाँ ग्राफिक प्रयोग गरिएको छ ।

