टाटा नेक्सन : रूप एक इन्जिन अनेक, १७ भेरियन्टमा पाइन्छ किन्न (नयाँ मूल्यसहित)

काठमाडौं । टाटा मोटर्सको प्यासेन्जर कार सेग्मेन्टमा गेमचेन्जर साबित भएको नेक्सन नेपाली बजारमा विभिन्न १७ भेरियन्टमा उपलब्ध रहेको छ ।

एउटै डिजाइन र स्वरूपमा निर्माण भएको नेक्सन पेट्रोल, डिजेल र इलेक्ट्री तीन थरी मोटरमा उपलब्ध रहेको छ ।

अझ भारतमा विक्री सुरू भएको टाटा नेक्सन म्यास ईभी भेरियन्ट भने नेपाल आएको छैन । टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले १.२ लिटर टर्बो पेट्रोल, १.५ लिटर डिजेल र १०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटरमा नेक्सन उपलब्ध रहेको छ ।

स्पोर्टी बडी डिजाइन, प्रिमियम फिचर र बलियो नेटवर्कको फाइदा उठाउँदै सिप्रदीले निकै राम्रो संख्यामा नेक्सन विक्री गर्न सफल भएको छ । अझ चार्जिङ नेटवर्क विस्तारको लोभलाग्दो योजना सहित नेक्सन ईभी लिएर प्रवेश गरेको कम्पनीले करिब ७०० यूनिट नेक्सन ईभी एक वर्षमा विक्री गर्न सफल भएको छ ।

इलेक्ट्रीक नेक्सनको सुरूआती मूल्य ३७ लाख ९९ हजार रुपैयाँ रहेको छ भने टप भेरियन्ट टर्बो पेट्रोलको मूल्य ५४ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

यस्तो छ १७ भेरियन्टको नयाँ मूल्यसूची

 


Back_to_top