काठमाडौं । पोखराबाट काठमाडौं उडेको यती एयरलाइन्सको एक जहाज पोखरामै आपतकालीन अवतरण गरिएको छ ।
पोखराबाट काठमाडौं उडेको ६ मिनेटमै यती एयरलाइन्सको ६७२ उडान नम्बरको एटीआर ७२ जहाज पोखरा विमानस्थलमा आपतकालीन अवतरण गरिएको हो ।
आज बिहान ८ बजेर ५४ मिनेट जाँदा पोखराबाट उडेको जहाज ठिक ९ बजे पुनः पोखरामै अवतरण गरिएको हो । जहाजमा ४५ जना यात्रु रहेका थिए।
उक्त जहाजको बायाँ इन्जिनमा खराबी देखिएपछि पुनः पोखरामै फार्काइएको हो । सो जहाजमा ४५ जना यात्रु रहेको जनाइएके छ ।

