काठमाडौं । भारतीय अटोमोवाइल कम्पनी टाटाले जुलाई महिनामा रेकर्ड विक्री भेट्टाएको छ । कम्पनीले जुलाई महिनामा ४७ हजार ५०५ यूनिट प्यासेन्जर कार विक्री गरेको तथ्यांक सार्वजनिक गरेको हो ।
टाटा मोटर्सले एक महिनामै विक्री गरेको यो सबैभन्दा धेरै यूनिट हो । सन् २०२१ को जुलाईमा विक्री भएको ३० हजार १८४ यूनिटको तुलनामा यो वर्षको जुलाईमा ५७ प्रतिशत धेरै कार टाटाले होलसेल विक्री गरेको देखिन्छ ।
टाटाले यो विक्री पाउनुमा सबैभन्दा ठूलो भूमिका नेक्सनको रहेको छ । साथै, पन्च, अल्ट्रोज, टियागो, एच फाइभ र सफारीले पनि निकै राम्रो विक्री पाउन सफल भएको छ । टाटाले यस अवधिमा इलेक्ट्रीक कारको विक्री पनि निकै राम्रो गरेको छ । कम्पनीले नेक्सन र टीगोर ईभी गरेर ४ हजार २२ यूनिट विक्री गरेको तथ्यांकमा उल्लेख छ ।


