अन्तर्राष्ट्रिय अटो बजार निक्कै प्रतिस्पर्धी बन्दै गएको छ । दैनिक नयाँ सेग्मेन्ट र अवधारणामा आधारित मोटरसाइकल, स्कुटर, कारलगायतका सवारीसाधन उत्पादन भैरहेका छन् । यसैबीच, जापानको टु–ह्वीलर कम्पनी कावासाकीले पावरफुल रोड–लिगल बाइक सार्वजनिक गर्ने तयारी गरेको छ । कावासाकी निन्जा एच–२ मा पावरपूmल सुपरचाज्र्ड इन्जिन लगाइएको छ । यसमा लगाइएको इन्जिनले २३० बीएचपी पावर उत्पादन गर्छ । पुरानो मोडलमा उपलब्ध इन्जिनले २०० बीएचपी पावर उत्पादन गर्थ्याे ।
नयाँ मोडलमा ईसीयू, एयर इन्टेक्स, स्पार्क प्लग्स तथा एयर फिल्टरलगायतमा अपडेट गरिएको छ । यो यूरो–४ कप्लाइलमेन्ट मोटरसाइकल हो । यसको तौल २३८ किलोग्राम रहेको कम्पनीले जनाएको छ ।
कावासाकीले यो बाइकलाई पहिलोकोभन्दा केही अपडेट गरेको छ । बाइकमा नयाँ टायर, क्यालिपर्स लगाइएको छ, जुन विशेषता सबैभन्दा पहिला पानीगेल भी–४ एम बाइकमा दिइएको थियो ।
यसमा नयाँ टीएफटी डिस्प्ले, ब्लू–टुथजस्ता विशेषता दिइएको छ । यतिमात्रै नभई, बाइकमा कावासाकीको राईडीओलाजी–ऐप लगाइएको छ । यसले राइडिङ्ग, ग्लाँस, सर्भिस इन्टरभल अपडेट तथा फ्यूल लेभल्स आदिको जानकारी दिने गर्छ । साथै, बाइकमा हाइक्वालिटी पेन्टको प्रयोग गरिएको छ ।


