काठमाडौं । मोटरसाइकल विक्रेतासँग बढ्दो स्टक, घट्दो बजार माग र तिब्र प्रतिस्पर्धाको कारण ग्राहकलाई विभिन्न किसिमका स्कीम उपलब्ध गराई रहेका छन् । बजाजले २५ प्रतिशत डाउन पेमेन्ट स्कीम ल्याएको केही दिनपछि नै टीभीएसले २० प्रतिशत डाउन पेमेन्ट स्कीम सार्वजनिक गरेको हो ।
जगदम्बा मोटर्सले ल्याएको नयाँ स्कीम अनुसार ग्राहकले टीभीएसको रेडर १२५ मोटरसाइकल मूल्यको २० प्रतिशत डाउन पेमेन्ट किन्न सक्नेछन् । रेडर १२५ को मूल्य २ लाख ५६ हजार ९०० रुपैयाँ रहेको छ । त्यसको २० प्रतिशतले हुन आउने ५१ हजार ३८० रुपैयाँ डाउन पेमेन्ट गर्दा पुग्छ ।
डाउन पेमेन्टपछि बाँकी रकम २ लाख ५ हजार ५२० रुपैयाँ कर्जा लिएर रेडर १२५ किन्न सक्नेछन् । अहिले ब्याजदर बढिरहेको कारण कम्पनीहरुले ब्याज भने बढाएका छन् ।
यस्तो छ टीभीएस रेडर १२५
निकै स्टाइलिस डिजाइन र मस्कुलर फ्यूल ट्याङ्क, स्लीक वेली प्यान र स्प्लीट सिट रेडर १२५ को मुख्य आकर्षण हो ।
राइडर १२५ अर्को मुख्य आकर्षण यसको पावर हो । यसमा रहेको १२५ सीसी क्षमताको इन्जिन निकै पावर फुल रहेको छ । यसमा रहेको १२४.८ सीसी क्षमताको थ्रि भल्भ, आयल कुल्ड, एफआई इन्जिनले ७५०० आरपीएममा ११.३८ पीएस पावर र ६००० आरपीएममा ११.२ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड गियरबक्स दिइएको छ ।
टीभीएसले राइडरमा अगाडि टेलिस्कोपीक फर्क र पछाडि ग्यास चार्ज्ड मोनोशक सस्पेन्स दिइएको छ । यसमा रहेको २४० एमएमको फ्रन्ट डिस्क र १३० एमएमको रियर ड्रम ब्रेक उत्कृष्ट रहेको छ ।

१२५ सीसीको मोटरसाइकलमा पूर्णत डिजिटल इन्ट्रुमेन्ट क्लष्टर पाउन सकिन्छ । उक्त क्लष्टरमा गियर सिफ्ट इन्डिकेटर, डिस्ट्यान्स टु इम्पीटी जस्ता फिचर उपलब्ध रहेका छन् । साथै, मोटरसाइकलमा यूएसबी चार्जर, टीभीएस स्मार्ट कनेक्ट, एलइडी हेडल्याम्पको साथमा डे टाइम रनिङ लाइट, एलइडी टेल लाइट जस्ता उत्कृष्ट फिचर उपलब्ध रहेका छन् ।
टीभीएस राइडर सेग्मेन्टमा नै राइडिङ मोड उपलब्ध रहेको पहिलो मोटरसाइकल हो । यसमा इको र पावर दुई मोड उपलब्ध रहेको छ । चालकले आफ्नो आवश्यकता अनुसार दुई फरक मोडमा चलाउन सकिन्छ ।
विभिन्न ४ कलर अप्सन यसको अर्को आकर्षण हो । ग्राहकले यसलाई पहेँलो, निलो, कालो र रातो कलर मध्ये मन पर्ने छनोट गरेर खरिद गर्न सक्ने छन् ।

