लोभलाग्दो इलेक्ट्रीक डर्ट बाइक

काठमाडौं । भारतीय इलेक्ट्रीक मोटरसाइकल निर्माता कम्पनी टोर्क मोटर्सले इलेक्ट्रीक डर्ट बाइक सार्वजनिक गरेको छ । कम्पनीले डर्ट इलेक्ट्रीक बाइकको प्रोटोटाइप मोडल सार्वजनिक गरेको हो ।

कम्पनीले २०२२ को सुरुवातमा आफ्नो पहिलो इलेक्ट्रीक मोटरसाइकल टोर्क कार्टोस सार्वजनिक गरेको थियो ।

टोर्क मोटर्सका प्रोटोटाइप इन्जिनियर सुरज गिरीले यो मोटरसाइकलको डिजाइन गरेको हुन् । यो मोटरसाइकल पुणेमा आयोजना भएको एक अफरोड इभेन्टमा देखिएको हो ।

यो डर्ट बाइकलाई कम्पनीले यसअघि ल्याएको कार्टोस कै फ्रेममा डिजाइन गरेको छ । यसको फ्रन्ट र टेल साइड हाई माउन्ट गरिएको छ । साथै सिट मोटोक्रस डिजाइनमा दिएको छ । यसको बडी डर्ट मोटरसाइकलको जस्तै स्लिम रहेको छ । यसको निर्माणमा कम्पनीले ब्ल्याक कार्वन फाइवर प्रिन्टमा र्याप गरेको देखिन्छ ।

यस मोटरसाइकललाई अफरोडका लागि उपयुक्त बनाउन यसको फ्रन्टमा २१ इन्चको म्याक्सीस ब्लक प्याट्रन स्पोक ह्वील, ब्रेक तथा क्यालीपर प्रयोग गरिएको छ । जुन हिरो एक्सपल्स २०० र्याली किटबाट लिइएको हो । यसको रियरमा भने १७ इन्चको म्याक्सीस टायर दिइएको छ ।

यसमा ७.५ किलोवाट पीक पावरको मोटर दिइएको छ । यसले २८ एनएम टर्क जेनेरेट गर्छ भने यसमा ४ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ ।


Back_to_top