काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नेक्सन ईभीको नयाँ भेरियन्ट ‘प्राइम’ नाडा इभी एक्स्पोमा सार्वजनिक गर्ने भएको छ ।
नेपाली बजारमा नयाँ भेरियन्ट नेक्सन इभी सार्वजनिक गरेसँगै नेक्सन ईभी रेगुलर, डार्क र प्राइम गरी ३ वटा भेरियन्ट पुगेको छ । टाटा नेक्सनको नयाँ ‘प्राइम’ भेरियन्टमा केही फिचरहरु थप भएको छ ।
नेक्सन प्राइममा मल्टी मोड रिजेनेरेशन सिस्टम, क्रुज कन्ट्रोल, स्मार्ट वाच कनेक्टीभिटी, इन डाइरेक्ट टायर प्रेसर मोनिटरिङ सिस्टम, रिजेनेरेशनको समयमा अटोमेटीक ब्रेक ल्याम्प बल्ने जस्ता फिचर थपिएको हो ।
टाटा नेक्सन प्राइम भेरियन्टमा रेगुलर मोडल जस्तै ३०.२ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री उपलब्ध छ । यसको ब्याट्री पनि पानी र धुलो प्रुफ रहेको छ ।
नेपालमा ८०० यूनिटभन्दा माथि नेक्सन ईभी विक्री भइसकेको छ । यस्तोमा यहाँ रहेका पूराना नेक्सन इभीमा पनि छिटै सिप्रदी ट्रेडिङले सफ्टवयर अपग्रेड गराउने जानकारि दिएकाे छ ।
यसको विक्री मूल्य नेक्सन ईभी रेगुलरकै जति कायम हुने कम्पनी स्रोतले जनाएकाे छ ।

