काठमाडौं । केटीएमले इन्ट्री लेभल मोटरसाइकलको नयाँ जेनेरेशन परीक्षण गर्दै गरेको तस्वीर बाहिर आएको छ । कम्पनीले परीक्षण सुरू गरको नयाँ जेनेरेशन मोटरसाइकल केटीएम १२५ र २०० ड्यूमा एक हुन सक्ने अनुमान रहेको छ ।
कम्पनीले नयाँ जेनेरेशन ड्यूकमा एलइडी हेडल्याम्प तथा टीएफटी डिस्प्ले दिएको छ । यसअघि २५० र ३९० ड्यूकमा मात्र टीएफटी डिस्प्ले दिएको थियो । नयाँ जेनेरेशन मोटरसाइकलमा अन्डरवेली एक्जष्ट देखिएको छ । यो सार्वजनिक भएको तस्वीर स्पष्ट नदेखिएता पनि यो मोटरसाइकल कम सीसी क्षमताको भएको अनुमान रहेको छ ।
यसमा प्रयोग भएको च्याचिस पनि नयाँ रहेको छ भने रियर सस्पेन्सनमा समेत केही परिर्वतन देखिएको छ । यसको इन्जिनमा पनि केहि परिर्वतन देख्न सकिन्छ ।
सार्वजनिक भएको तस्वीरका बारेमा कम्पनीले कुनै आधिकारिक जानकारी बाहिर ल्याएको छैन भने २०२३ को सुरूवातमा यो मोटरसाइकल बजारमा आउने अनुमान गर्न सकिन्छ ।


