काठमाडौं । टाटाको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङले विक्री गर्दै आएको ईभीमा प्रभु बैंकले कर्जा दिने भएको छ । बैंक र सिप्रदी बीच भएको सम्झौँता अनुसार अब टाटाका ईभी खरिद गर्ने ग्राहकले प्रभु बैंकबाट सहजै कर्जा लिन सक्नेछन् ।
दुई संस्था बीच भएको सम्झौँता पत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र सिप्रदी टे«डिङ्गको तर्फबाट महाप्रबन्धक शावन्त जंग सिजापतिले हस्ताक्षर गरेका हुन् ।
सम्झौँतापछि टाटाले उत्पादन गरेका इलेक्ट्रीक भेहिकल खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा उपलब्ध गराउने जारी विज्ञप्तीमा उल्लेख छ ।
अहिले प्रभु बैंकको देशभर रहेका २१७ शाखाबाट नै कर्जा सुबिधा ग्राहकले लिन सक्नेछन् ।

