काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल बल्लभ पन्तले अटो बीमा दाबी गर्दा समस्या हुने भाष्य बनेको बताएका छन् ।
बिहीबार नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको ‘मोबिलाइजिङ मोबिलिटी थ्रु फाइनान्स एण्ड इन्स्योरेन्स’ कार्यक्रममा बोल्दै उनले यो भाष्य भए पनि बीमा कम्पनी त्यस्तो नभएको बताएका हुन् ।
उनले बीमा दाबीको आधारभूत सिद्धान्त हुने भएकोले यसको प्रमाण र प्रक्रिया बुझे पछि सहज हुने बताएका हुन्। यसको बुझाइको कारणले नै बीमा दाबीको समस्या भएको उनले बताए ।
यसको निष्पक्ष पारदर्शीता बीमाको ऐनमा बसेर फर्स्र्यौट गर्नुपर्ने भएकोले क्षतिको सही विवरण, प्रमाणलाई प्रमाणित गर्ने कागजात दिए भने सहज हुने उनको भनाइ छ ।
उनले भने, ‘यो कुरा अहिले परिपक्व भइसकेको छ । बीमा प्राधिकरणले के गर्यो भने छिटो भुक्तानी दिन सकिन्छ भनेर निर्देशन दिने गरेको छ । अहिले यो प्रक्रिया कहाँ पुगेको छ भनेर ड्यासबोर्डमा राख्नुपर्ने छ ।’
उनले घरायसी सामानको लागि चाहिने सामान को लागि जोखिम पनि नदेखिने भएको ले बीमा नभएको बताए । सवारी साधन र मोबाइल बाहेक घरायसी सामान मा बीमा नदेखिएको उनको भनाइ छ ।
उनले ईभी गाडीमा ब्याट्रीमा ५० प्रतिशतमात्रै बीमाले डेप्रिसेसन काटिने बताए ।


