कोरियाली अटो निर्माता कम्पनी हुन्डाईले २०१९ मा आफ्नो प्रिमियम एसयूभी सान्ता फे स्पोर्टलाई रिप्लेस गर्दै लक्जरियस, शानदार तथा सुरक्षित पाँच सिटर ‘हुन्डाई सान्ता फे’ सार्वजनिक गर्ने भएको छ ।
यतिमात्र होइन कम्पनीले कम्प्याक्ट र मिड साइजको बजारमा नियन्त्रण कायम गर्न सान्ता फे एक्सएललाई २०२० सम्ममा क्रश ओभरमा परिवर्तन गर्ने तयारी गरेको छ ।
प्रतिस्पर्धात्मक बजारमा ग्राहकको मन जित्नु निक्कै चुनौतीको विषय भएको बताउँदै कम्पनीले आफ्नो चर्चित मोडल सान्ता फेलाई विभिन्न थप विशेषतासहित सार्वजनिक गर्ने भएको जनाएको छ ।
नयाँ लुक्स
सान्ता फेमा कोना क्रशओभरको डिजाइनबाट प्रभाबित भएर निर्माण गरिएको छ । यसमा कम्पनीले निकै मस्कुलर ह्वील आर्कको प्रयोग गरिएको छ । यसमा ‘थ्रीडी हनी क्रब क्यासिङ ग्रिल’ नामको नयाँ ग्रिल डिजाइन दिइएको छ । छतमा मेटल क्रोम बार लगाइएको छ भने, एयर डायनामिक इम्प्रुभमेन्ट गरिएको छ । यसमा १०८.९ इन्चको ह्वीलवेस दिइएको छ । बडी निर्माणमा निकै गुणस्तरिय स्टिलको प्रयोग गरिएको कारण पहिलेको तुलनामा १५ प्रतिशत बढी सुरक्षित रहेको छ ।
इन्टेरियर
सान्ताफेको आकर्षक क्याविन तथा बनावटले ग्राहकलाई आकर्षण गर्ने कम्पनीको दाबी छ । यसको क्याबिनमा सहजै हावा पास हुन सक्छ भने जुनसुकै कोणबाट बाहिरको दृश्य देख्न सकिन्छ ।
जार्जर रियर साइड झ्याल र प्यानोरीक सनरुफले कारको पछाडि बस्ने प्यासेन्जरलाई बाहिरको दृश्य अवलोकन सहज बनाउँछ । क्याबिनको डिजाइन लाइट रहेको छ । प्लास्टिक सर्फेसलाई प्रिमियम लुक दिइएको छ । यसमा एप्पल कार प्ले र एन्ड्रोइड अटोको विशेषता थपिएको छ । साथै, हेडअप डिस्प्ले, क्लाइमेट कन्ट्रोल, ‘फाइन्ड माई कार’लगायतका विभिन्न विशेषता उपलब्ध छ ।
नयाँ सेफ्टी विशेषता
सुरक्षालाई मध्यनजर गर्दै सान्ता फेमा विभिन्न सेफ्टी फिचर दिइएको छ । कम्पनीले अटो इन्डष्ट्रीमानै पहिलो पटक ‘सेफ्टी एक्जीट एसीस’ नामक सुरक्षा पद्धति ल्याएको छ ।
इन्जिन
यसमा दुई इन्जिन अप्शन दिइएको छ । यसमा उपलब्ध २.४ लिटर इन्जिनले १८५ बिएचपी पावरका साथै १७८ एनएम टर्क उत्पादन गर्छ । त्यस्तै २.० लिटर टर्बाेचाज्र्ड इन्जिनले १४५० आरपिएममा २३५ बीएचपी पावरका साथै ३५ सय आरपिएममा २६० एनएमटर्क उत्पादन गर्छ । साथै यसमा ब्रान्ड न्यु ८ स्पिड अटोमेटिक ट्रान्समिसन दिइएको छ ।
स्टेयरिङगलाई अपग्रेड गरिएको छ भने चेसिसलाई परिमार्जन गरिएको छ । यसमा ईको, कम्फर्ट र स्पोट गरि तीन ड्राइभिङ मोड दिइएको छ ।
अन्त्यमा
कार समिक्षकका अनुसार सान्ता फेको नयाँ भर्सनमा फल्ट भेट्टाउन निक्कै मुस्किल रहेको छ । यो सेग्मेन्टमा अन्य प्रतिस्पर्धीको तुलनामा सान्ता फेमा धेरै विशेषता दिइएको छ । नयाँ डिजाइन तथा स्टाइलमा निर्माण भएको कारले राम्रो बजार पकड्ने उनीहरुको विश्वास छ ।

